International

बाचुञ्जेल हजारौंलाई स्टार बनाइन्, फेसबुकमा श्रद्धाञ्जली पाइन् तर ५ जना भन्दा बढी मलामी पाइन्न

बाचुञ्जेल हजारौंलाई स्टार बनाइन्, फेसबुकमा श्रद्धाञ्जली पाइन् तर ५ जना भन्दा बढी मलामी पाइन्न
केही समयदेखि चर्चित कलाकारहरु गुमाइरहेको बलिउडले थप एकजनालाई गुमाएको छ ।

बलिउडमा प्रख्यात कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्टको कारण शुक्रबार निधन भएको थियो ।

बलिउड कोरियोग्राफर सरोज खान १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना भएकी थिइन।

७२ वर्षकी खानलाई गम्भीर मधुमेह सम्बन्धि रोग थियो।

उनको निधनमा इन्टाग्राम, फेसबुक ट्वीटर जस्ता सामाजिक संजालमा श्रद्धाञ्जली लिनेहरुको लाइन नै थियो ।

भारतीय सञ्चारमाध्यमहरुलाई उनलाइ कस्ले कसरी सम्झियो भनेर लेख्न मै व्यस्त भयो तर उनले मलामी नपाएको कुरा कसैले पनि लेखेन्न ।

लकडाउनमा बलिउडले धेरै कलाकारहरुलाई गुमाइसकेको छ । २५ जनासम्म मलामी जान पाउने प्रावधान पनि बनाएको छ । तर सरोजको अन्तिम संस्कारमा जम्मा ५ जना मात्र मलामी हुनु भनेको अत्यन्तै दुखद कुरा हो ।

उनको अन्त्येष्टीमा उनको दुई छोरा एक छोरी कोरियोग्राफर रेमो डिसुजा र अहमद खानमात्र पुगेका थिए ।

उनी पनि नेपोटिजमको शिकार बनेको थिइन् । चर्चित कलाकारहरुले उनीसँग नाच्न मान्न छाडेका थिए भने फराहा खानलाई नै चुन्थे ।

१३ वर्षको उमेरदेखि बलिउडमा संघर्ष गरेकी सरोजको निधनमा जम्मा ५ जना मात्र सहभागी हुनु अत्यन्तै दुखको कुरा हो ।

यो विषयमा बलिउडमा चर्को बहस पनि शुरु भएको थियो । चर्चित निर्देशकको निधनमा कोही पनि नगएपछि ऋषि कपुर एकदम रिसाएका थिए र आफू मर्दा कोही मलामी नआउन आग्रह गरेका थिए । उनको निधन पनि उनले सोचे जस्तै लकडाउनको समयमा भयो र धेरै जना अन्त्येष्टीमा जानु पाएन्न

Related Articles

Back to top button
Close