News

विदेशमा समस्या खेपिरहेका २६ हजार ३ सय ९६ स्वदेश फर्किए १५७ जनाको शव पनि स्वदेश आए

काठमाडौं – कोरोना भाइरसका कारण विदेशमा समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किएका छन्।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका तथा अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीलाई स्वदेश फर्काइएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ।

यसैअवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ।विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ६ जनामध्ये १ सय ४६ जनाको परिवारको सहमतिमा विदेशमा अन्त्येष्टि गरिएको छ। विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी छ।

Related Articles

Back to top button
Close