International

रन्जन सेहगल..

एश्वर्य रायसँगै “सरबजित” मा काम गरेका कलाकार रन्जन सेहगलको निधन भएको छ ।

उनको किड्नीलगायत शरिरका बिभिन्न अंगहरुले काम गर्न छाडेपछि उनको निधन भएको हो ।

पछिल्लो समय उनी टेलिभिजन कार्यक्रम क्राईम पेट्रोलमा देखिएका थिए ।

चन्डिगढमा रहेको आफ्नै घरमा उनको निधन भएको हो ।

उनी थिएटर हुदै टेलिभिजन तथा बलिउडमा प्रवेश गरेका थिए उनले पंजाब युनिभर्सिटी बाट आफ्नो पढाई पुरा गरेका थिए ।

उनले सब्की लाड्ली बेबो, भाग्य एण्ड रिश्ता डटकमलगायतका टेलिफिल्ममा काम गरिसकेका छन् ।

उनले रिश्तो से बढी प्रथा, तुम देना साथ मेरा, गुस्तक दिल, भावर, जाने क्या होगा राम र कुलदिपमा मुख्य भुमिकामा देखिएका थिए ।

उनले धेरै पंजाबी फिल्महरुमा पनि अभिनय गरिसकेका छन् ।

लकडाउनको समयमा बलिउडले धेरै कलाकार गुमाईसकेको छ ।

उनको आत्माको चिर शान्तिको कामना गर्दछौं ।

यसअघि बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको थियो ।

उनले आफ्नो प्राण आफै त्या-ग गरेका थिए ।

सुशान्त सिंह राजपुतको निधनले धेरैलाई दुखी बनाएको छ ।

३४ वर्षीय अभिनेता बलिउडमा चम्किरहेका थिए ।

उनलाई माया गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको थियो ।

उनको निधन पछि बलिउडमा तहल्का नै मच्चिएको छ ।

बलिउडमा नेपोटिजम देखि लिएर उनलाई आफ्नै प्राण त्याग गर्न बाध्य पारियो भन्ने अभिव्यत्तिले सामाजिक संजाल नै तातेको छ ।

सुशान्तको सम्झनामा बिहारमा रहेको उनको घरमा फ्यानहरु भेला हुने गरेका छन् ।

Related Articles

Back to top button
Close