News

आइतबार काठमाडौं उपत्यकामा ६ सहित ८२ जनामा कोरोना संक्रमण

आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३ हजार ९ सय १६ वटा नमूनाको पीसीआर परीक्षणमा गर्दा ८२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित मध्ये काठमाडौं उपत्यकाका छ जना रहेका छन् जसमध्ये काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।

योसहित नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या १६ हजार ८ सय १ पुगेको छ भने निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ ।

अहिलेसम्म नेपालमा २ लाख ८३ हजार ५ सय १५ जनाको पीसीआर विधिवाट कोरोना परिक्षण गरिएको समेत नियमित प्रेस ब्रिफिङ्गमा जानकारी दिइएको छ ।

Related Articles

Back to top button
Close