News

कोरोना जितेर फर्केका वडाध्यक्षले – यसरी सुनाए आफ्नो अनुभव..

अछाम । “साधारण खाना, जडिबुटी र उच्च मनोवलले कोरोना जितेर घर फर्केका छु ।” कोरोना जितेर घर फर्केका साँफेबगर नगरपालिका–११ देविस्थानका वडा अध्यक्ष गणेशबहादुर खड्काले भन्नुभयो । “जडिबुटी घरबाट मगाएर पटक पटक तातोपानी मज्जाले खायौँ ।” कोरोना जितेपछि खड्काले आफ्नो अनुभव सुनाउनुभयो ।

कोरोना संक्रमण परास्त गरेर घर फर्केका वडा अध्यक्ष आइसोलेशनमा रहँदा गुर्जो, दाल चिनी, टिमुर अदुवा कुटेर पानीमा उमालेर खाएको सम्झनुहुन्छ । “स्कुलको कोठामा रहेको आइसोलेसनमा आफै साधारण खाना पकाएर खायौ, तातोपानीसँग जडिबुटी खाएर कोरोना जित्यौ ।”

वडा अध्यक्ष खड्काले भन्नुभयो । अध्यक्ष खड्कासँगैको कोठामा सोही वडाका स्वास्थ्य चौकीका ल्याव टेक्निसियन समेत कोरोना जितेर घर फर्कनुभएको छ ।

कोरोनाको स्वाब संकलन गरेदेखि एक्लै बस्न थालेकाले आइसोलेसनका १४ दिन जोड्दा २२ दिन अलग्गै बसेको अध्यक्ष खड्काको भनाइ छ । वडामै रहेको विद्यालयको आइसोलेसनमा रहेका वडा अध्यक्ष घर फर्केर एक हप्ता अलग्गै बस्ने भनाइ छ । “कोरोनाको केही लक्षण नभएपनि घरपरिवारबाट केही दिन अलग हुन्छु ।” वडा अध्यक्ष खड्काको भनाइ छ । कोरोना संक्रमण पुष्टि भएपछि विना लक्षण पुनः परिक्षण हुने नभएकोले घर फर्केको व्यक्तिले कम्तिमा एक हप्ता घरमा अलग बस्नुपर्ने प्रावधान रहेको छ ।

जडिबुटी, साधारण खाना, तातोपानी खाएर उच्च मनोबल भएमा कोरोना जित्ने सक्ने अनुभव भएको अध्यक्ष खड्का सुनाउनुहुन्छ । सरकारका निकायबाट जारी गरिएका प्रावधान पालना गर्न, सजग र सुरक्षित रहन वडा अध्यक्ष खड्काको आग्रह छ । भारतबाट घर फर्केका व्यक्तिहरुको व्यवस्थापनमा खटिएका वडा अध्यक्ष खड्कालाई पीसीआर परीक्षणको क्रममा असार ५ गते थ्रोट स्वाब संकलन गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएका कुनै व्यक्तिमा लक्षण देखा नपरेमा आइसोलेसनबाट १४ दिनमा घर पठाउन प्रावधान बमोजिम फ्लोअप परिक्षण विनै घर पठाइने गरिएको छ ।

वडा अध्यक्ष, देवीस्थान स्वास्थ्य चौकीका ल्याब टेक्निसियनलगायत उक्त वडाका १६ जनाले कोरोना जितेर शनिबार घर फर्केका बताइएको छ । अछाममा हालसम्म सातसय आठ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एकसय ८० जना कोरोना जितेर घर फर्किसकेका छन् । -धनकुटाखबरबाट।

Related Articles

Back to top button
Close