International

बलिउड कलाकार दिव्याको २६ वर्षको उमेरमा निधन

बलिउड कलाकार दिव्या चौस्केको आइतबार निधन भएको छ । उनले “अपना दिल तो आवारा” मार्फत फिल्म क्षेत्रमा फड्को मारेको थिइन् । दिव्याको कजन भाई अमिस बर्माले फेसबुकमा पोष्ट शेयर गर्दै उनको निधन भएको जानकारी दिएका हुन् ।

उनी लामोसमय देखि बिरामी थिइन् । उनी क्यान्सरसँग लडिरहेको थिइन्, अन्त्यमा उनले क्यान्सरलाई जित्न सकिन्न र संसारबाट नै बिदा भइन् ।

दिव्याले लण्डनमा एक्टिङ क्लास सकेर भारत फर्किएकी थिईन् उनी मोडलिङमा पनि सक्रिय रहेको बताइएको छ ।

उनले इन्टाग्राममा भाबुक पोष्ट गरेको थिइन् । जहाँ उनले मृत्युसँग लड्न नसकेको भाव व्यक्त्त गरेको छिन् ।

त्यस्तै आज मात्रै बलिउडका अर्का एक कलाकारको पनि निधन भएको छ ।

दिव्याले गरेको अन्तिम पोष्ट

उनको किड्नीलगायत शरिरका बिभिन्न अंगहरुले काम गर्न छाडेपछि उनको निधन भएको हो ।

पछिल्लो समय उनी टेलिभिजन कार्यक्रम क्राईम पेट्रोलमा देखिएका थिए ।

चन्डिगढमा रहेको आफ्नै घरमा उनको निधन भएको हो ।

कलाकार राजन सेहगल
उनी थिएटर हुदै टेलिभिजन तथा बलिउडमा प्रवेश गरेका थिए उनले पंजाब युनिभर्सिटी बाट आफ्नो पढाई पुरा गरेका थिए
उनले सब्की लाड्ली बेबो, भाग्य एण्ड रिश्ता डटकमलगायतका टेलिफिल्ममा काम गरिसकेका छन् ।

उनले रिश्तो से बढी प्रथा, तुम देना साथ मेरा, गुस्तक दिल, भावर, जाने क्या होगा राम र कुलदिपमा मुख्य भुमिकामा देखिएका थिए ।

उनले धेरै पंजाबी फिल्महरुमा पनि अभिनय गरिसकेका छन् ।

लकडाउनको समयमा बलिउडले धेरै कलाकार गुमाईसकेको छ ।

बलिउडमा शोकको लहर नै चलेको छ ऋषी कपुरदेखि लिएर सुशान्तसम्मले ज्यान गुमाईसकेका छन् ।

Related Articles

Back to top button
Close