Video

दिपकराज गिरी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकारहरु पछिल्लो समय विभिन्न विषयमा विवादमा आइरहेका छन् । केही दिन अघि हास्यकलाकार दीपाश्री निरौलाले ‘महानायक’बारे दिएको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जाल निकै तातेको छ ।

दीपाश्रीले ‘राजेश हमाल महानायक हो र ? ’ भन्दै दिएको अभिब्यक्तिलाई सामाजिक सञ्जालमा आलोचना गरिएको छ । उनको अभिव्यक्ति राजेस हमाललाई ‘महानायक’ को रुपमा स्वीकार गरेका प्रशंसकलाई सह्यै भएन । सामाजिक सञ्जालमा गाली गलौच भइरहेको छ ।

अन्य कलाकारले पनि दीपाश्रीले गल्ति बोले भन्दे माफी मागिसकेपछि सामाजिक सञ्जालमा गाली गलैचा गर्न नहुने बताइरहेका छन् । यसैबीच हास्य कलाकार दिपकराज गिरीले राजेश हमालसंग माफी माग्दै दिपाश्रीको गल्ती स्वीकार्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भिडियामा राजेश हमाल महानायक हो या होइन भन्ने टिप्पणी गर्ने अधिकारी हामिमा नभएको बताउदै उनले एक ब्रान्डले अर्को ब्रान्डलाई आरोप लगाउन नहुँने बताएका छन् ।

भिडियोमा उनले राजेश हमाललाई महानायक भनिएकोले हामिले पनि भन्नुपर्ने बताउदै उहाँलाई महानायक भन्दैमा सानो नभइने बताए । उनले अन्तिममा राजेश हमालका फ्यानहरुको मन दुखेको छ भने माफी माग्छु भन्दै हात जोडेका छन् । उनले यो विवाद धेरै लामो भएको र मिल्नु नै राम्रो हुने बताएका छन् । बाकीँ भिडियोमा हेर्नुहोस् (क्यानडा नेपाल बाट)

Related Articles

Back to top button
Close