News

काठमाण्डौंमा

काठमाण्डौ – नेपाल प्रहरीले आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्दै ध’म्काउने र चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले डीएसपी भन्दै ध’म्काउने र चोरी कार्यमा संलग्न रामेछाप उमाकुण्डका २६ वर्षीय राजकुमार सुनुवारलाईकाठमाडौँ महानगरपालि का–२६ गोँगबु नयाँबसपार्कबाट बुधबार राति पक्राउ गरेको हो ।

डीएसपी भन्दै ध’म्काउने र चोरी कार्यमा संलग्न रहेर फरार रहेको जनगुनासोका आधारमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुनुवारलाई प्रहरीले बा९७प १६८३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामापक्राउ गरेकोहो ।पक्राउ सुनुवारसँग प्रहरीले ११ थान चोरीका मोबाइलसमेत बरामद गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछसिन्धुपाल्चोकका कृष्णराम गिरत्यस्तै प्रहरीले १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ घर भई काठमाडौं गाकर्णेश्वर ५ बस्ने २२ वर्षीय कृष्णराम गिरीलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।गिरीले आफू प्रहरी सहायक निरीक्षक (असई) भएको र अपराध अनुसन्धान ब्युरोमा काम गर्ने बताउँदै उनले असईमा जागिर लगाइदिने प्रलोभनमा पारेर रकम ठगी गरेका थिए प्रहरीले गिरीको कोठाबाट ‘नेपाल पुलिस बौद्ध, कृष्णराम गिरी, असई बौद्ध (सिआइडी केटिएम) लेखेको डायरी बरामगरेको छ उनले आफ्नो फेसबुकमा समेत ‘असई एट नेपाल पुलिस’ भनेर आफ्नो परिचय राखेका थिए ।

काठमाण्डौमा अनौठो तरिकाले चोरि गर्नेराजकुमारकाठमाडौं महानगरपालिकामा अनौठो प्रकृतिको चोरी गर्ने युवक फेला परेका छन् । उनको चोरीको शैली देखेर प्रहरी पनि चकित परेको छ नयाँ नयाँ मोटरसाइकलमा युवतीलाई राखेर घुमाउने र रेष्टुरेष्ट लिएर गएर खुवाउने ति युवाको भित्रि खेलका बारेमा थाहा पाएपछि प्रहरी चकित परेको हो ।

नयाँ मोटरसाइकल चोरी गर्ने, लकडाउनको समयमा सहयोग गर्ने नाममा युवतीलाई लिफ्ट दिने, खाजा नास्ता खाने वहानामा युवतीलाई रेष्टुरेष्टमा समेत लिएर जाने अनि युवती शौचालय गएको मौकामा उसको ब्यागवाट महंगो मोवाइल पैसा समेत चोरी गर्ने युवक फेला परेका छन् ।उनको धन्दा यतिमा मात्र सिमित हुँदैन । युवतीहरुवाट चोरेको महंगो मोवाइल सस्तो दरमा बेच्ने अनि बेचेकोकेही दिनमा म प्रहरीको डिएसपी हुँ भन्दै फोन गरेर आफैले बेचेको मोवाइल फिर्ता लिने ।

राजकुमारप्रहरीलाई नै चकित पार्ने यस्तो योजनाले चोरी गर्ने युवा हुन् रामेछापको उमाकुण्ड गाउँपालिका २ घर भई काठमाडौंको चण्डोलमा बस्दै आएका २६ वर्षीयराजकुमार दनुवार । उनलाई महानगरीय प्रहरी वृत महाराजग ञ्जले बुधबार विहान चोरीको आरोपमा सामाखुसीबाट पक्राउ गरेको छ ।पक्राउ पछि अनुसन्धानका क्रममा प्रहरीलेउनको यस्तो अचम्मको चोरीको शैलीाबारेमा थाहा पाएको हो ।

विभिन्न स्थानबाट संकलन गरिएका सिसिटिभी फुटेजमा चोरीका घटनामा राजकुमार नै देखिन्थे उनले पार्किङमा राखे को महँगो मूल्य पर्ने मोटरसाइकल चोरी गर्थे । त्यसपछि उनको एक पछि अर्को योजना सफल बनाउथे । मोटरसाइकलमा युवती घुमाउने र उनै युवती लाई लुट्ने गंगबुको एक गेष्ट हाउसअघि पार्किङ्ग गरिराखेको एक बुलेट बाइक चोरी भएको घटनाको अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको हो ।

उनले यस री युवतीहरुवाट चोरेका दर्जनौ मोवाइल सस्तोमा बेचेर फेरी प्रहरी हुँ भन्दै फिर्ता लिएका छन् ।उनी विरुद्ध अहिलेसम्म ११ जनाले जाहेरी दिएका छन्।२जना युवतीको मोबाइल चोरी गरेको दनुवारले स्वीकार गरेको प्रहरीले जनाएको छ।चोरि गर्ने गिरोह काठमाण्डौमा अनौठो भेषमा भेटीए आपराधिकसमूहले विभि न्न उपाए अपनाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् ।

कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए । यसपाली भने कवाड टिप्ने हुलिया बनाएर सुन पसलको निगरानी गरी चोरी गरेको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाका अनुसाररातको समय माकाठमाडौँ उपत्यकाका सुन चाँदी पसलको सटर फोरेर चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा उक्त तथ्य फेला परेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

अनुसन्धानका क्रममा उनीहरुले कागजबोतलसङ्कलन गर्ने व्यक्ति (कवाड टिप्ने व्यक्ति) को हुलिया बनाइ साइकल लिई विभिन्न सुनचाँदी पसल को हप्ता दिनसम्म रेकी गरीमानिसको चहलपहल नहुने स्थानमा रहेको सुनचाँदी पसलको सटर फोरेर चोरी गरेको तथ्य फेला परेको हो उक्त गिरोहले गत फागुन १८ गते लाजिम्पाटस्थित दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पवि ज्वेलर्समा रहेको एक किलो १५० ग्राम सुनका गरगहना र आठ किलो ५६० ग्राम चाँदीका गरगहना तथा नगदसमेत गरी रु ८५ लाख, ८५ हजार चोरी गरी लगेका थिए ।

घटनाको अनुसन्धानका सिलसिलामा महाशाखाबाट खटि एको विशेष टोलीले आइतबार मोरङ उर्लाबारीबाट सुमित भन्ने गङ्गाबहादुर तामाङ र बुद्धबहादुर माझीलाई र सोही घटनामा फरार रहेका बिक्रम भन्ने जङ्ग बहादुर माझी लाई सोमबार दरबारमार्गबाट पक्राउ गरिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

उक्त घटनामा संलग्न रहेका एक जना भने केन्द्रीय कारा गारमा सजाय भुक्तान गरिरहेको तथा अन्य दुई भारतीय मुलका फरार अभियुक्तको खोजी जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए उनीहरु दुई वटा समूहले जेलमा बस्दा चिनजानको आधारमा छुटेपश्चात पुनः भेला भई जेल छुट भएको एक महिना नबित्दै आफ्नो म्यादीलाई समेत बोलाचोरी गरेको फेला परेको छ ।

गिरोहले चोरी कार्य छोडी डण्डी फर्मा, लेबर काममा लागेका, सुध्रिएर बसेका आफ्ना पुराना म्यादीलाई समेत परिचालनगरेको खुल्नआए को छ ।प्रलोभनमा नपर्न सर्वसाधारणसँग अनुरोध महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जाल मार्फत मोबाइल, घडी तथा अन्यमहङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।

Related Articles

Back to top button
Close