International

अमिताभ र अभिषेकमा कोरोना देखिएपछि घर सील गरियो, अमिताभको स्वास्थलाई लिएर देशभर चिन्ता

काठमाडौं- बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनको घर शिल गरिएको छ ।

दुई बाबु छोरामा कोरोना देखिएपनि अमिताभकी पत्नी जया बच्चन, ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ । अहिले बाबु छोराको मुम्बईस्थित नानावती अस्पतालमा उपचार भइरहेको छ ।

अमिताभ बच्चनको निवास जलसालाई कन्टेन्टमेन्ट क्षेत्र घोषित गरि सील गरिएको समाचारमा जनाइएको छ । यसैबिच अमिताभको स्वास्थलाई लिएर धेरैले चिन्ता व्यक्त गरेका छन् । उनका फ्यानहरुले स्वाीथ लाभको कामना गरेका छन् ।

Related Articles

Back to top button
Close