News

मृत्युपछि पनि चर्चामा सुशान्त, सुशान्तको सम्मानमा भारतमा बाटोको नाम नै सुशान्त सिंह राजपुत राखियो

एजेन्सी । सुशान्त सिंह राजपुतको मृत्युले भारतमा मात्रै नभएर भारतबाहिरका उनका फ्यानहरु पनि निराश बनेका छन् । एकपछि अर्को चर्चित फिल्म दिइरहेका बेला डिप्रेशनमा गएका यि लोकप्रिय स्टारले ३४ वर्षको उमेरमा आफ्नो देह त्याग स्वइच्छाले गरे । मृत्युपछि पििन उनको यति चर्चा भयोकी सायदै अन्य बलिउडकर्मीको भएको उनको तुलनामा भएको होला ।

सिनियर कलाकारहरुबाट नै अपहेलित भएको भनिएका सुशान्तको सम्झनामा बिहारमा रहेको उनको घरमा फ्यानहरु एकतृत भइरहेका बेला उनको घर नजिकैको बाटोको नाम पनि उनकै नामबाट नामाकरण गरिएको लाईभ हिन्दुस्तानले उल्लेख गरेको छ । भारतीय मिडियाका अनुसार बिहारको पुर्णीयामा रहेको सडकखण्डको नाम सुशान्त सिंह राजपुत राखिएको हो ।

मधुबानी देखि माता चोक पुग्ने सडकखण्डलाई उनको नामाकरण गरिएको आजतकले पनि लेखेको छ । उनको नाममा सडक बनाएको भिडियो भाइरल बनिरहेको छ भने उनका फ्यानहरुको खुशीको सिमा नै छैन । उनको निधनले बलिउडमा तहल्का नै मच्चाएको छ । अरु त अरु उनको नाम लिँदै आधा दर्जन मानिसहरुले पनि उनकै बाटो रोजेका छन् ।

Related Articles

Back to top button
Close