News

२४ घण्टामा १४७ संक्रमणमुक्त, हालसम्म ८ हजार ५८९ ले जिते कोरोना

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

कोरोना संकटबाट गुज्रिरहेको अर्थतन्त्र : सोच बदलौँ, समृद्धि सम्भव छ

कोरोना संकट नियन्त्रणका लागि विश्वका अधिकांश मुलुकले लकडाउनलाई नै पहिलो विकल्पका रुपमा अंगिकार गरे । चीनले वुहानमा कडा लकडाउनबाटै कोरोना नियन्त्रण गरेको थियो भने बाँकी विश्वले लकडाउन गरे पनि संक्रमण नियन्त्रणमा ल्याउन सकेन ।

सुरुवाती चरणमा संक्रमण कसरी प्रसार भइरहेको छ र यसलाई कसरी नियन्त्रणमा ल्याउन सकिन्छ भन्नेमात्र नभई यसका लक्षणरू केके हुन् भन्ने विषयमै अन्योल थियाेा । र, तत्कालीन अवस्थामा लकडाउन निर्विकल्पजस्तै थियो । अझै पनि कोरोना भाइरस र यसबाट हुने कोभिड–१९ रोगका सम्बन्धमा धेरै अन्योल र भ्रम देखिन्छन् । सुरुवाती चरणमा अनुमानका भरमा टिप्पणी हुनु र सोही टिप्पणीका आधारमा लकडाउन गरिनु स्वाभाविक पनि हो ।

कोरोना संक्रमणका कारण विश्वको जनस्वास्थ्य क्षेत्रले सामना गर्नुपरेको अहिलेसम्मकै ठूलो चुनौतीको कहिले समाधान हुने हो भन्ने कुनै टुंगो छैन र विभिन्न मुलुकमा अध्ययन अनुसन्धान भइरहे पनि अहिलेसम्मका उपलब्धिबाट कोरोना नियन्त्रणका क्षेत्रमा आशा गर्न सकिने अवस्था समेत छैनन् । यसैले कोरोनालाई स्वीकार गरेर अथवा यसलाई सामना गरेरै पूर्ववत जीवनशैलीमा फर्कनुको कुनै विकल्प देखिँदैन ।

अर्थतन्त्रका लागि ठूलाे संकट

कोरोनाको असर स्वास्थ्य क्षेत्रमा मात्र सीमित नभई राजनीतिक, सामाजिक क्षेत्रमा पनि उत्तिकै छ । र, त्योभन्दा बढी आर्थिक क्षेत्रले यसबाट ठूलो मूल्य चुकाइरहेको छ । अहिलेको संकटलाई विश्वका कतिपय अर्थशास्त्रीहरुले ९० वर्षअघि अमेरिकाबाट सुरु भएको विश्व महामन्दी (ग्रेट डिप्रेसन) यताकै खराब अवस्थामा अहिले विश्व अर्थतन्त्र गुज्रिहेको बताएका छन् ।

कोरोना महामारीका कारण संसारमा दशौं लाख मानिस गरिबीको रेखामुनि धकेलिने विश्व बैंकको अनुमान छ र यसले दिगो विकास लक्ष्य हासिल गर्न ठूलो बाधा पर्ने आकलन गरिएको छ । एक महिनाअघिकै प्रक्षेपणमा पनि विश्व अर्थतन्त्र ५.२ प्रतिशत खुम्चिने उल्लेख गरेको थियो भने त्यसयता पनि विश्व अर्थतन्त्र खस्कँदो अवस्थामा छ । सोही प्रतिवेदनले खराब अवस्थामा विश्व अर्थतन्त्रको गिरावट ८ प्रतिशतसम्म पुग्न सक्ने आकलन गरेको यहाँनेर उल्लेख गर्नु सान्दर्भिक देखिन्छ ।

विश्व बैंक मात्र नभएर अमेरिकी कंग्रेसको नीति अनुसन्धान संस्था कंग्रेसनल रिसर्च सर्भिसले हालै जारी गरेको प्रतिवेदनमा कोरोनाकै कारण विश्व अर्थतन्त्रले ९०० खर्ब अमेरिकी डलर गुमाएको उल्लेख छ ।

यसरी कोरोनाले विश्व अर्थतन्त्रमा पुर्याएको क्षतिको आकार निकै फराकिलो बन्दैछ भने नेपालको अर्थतन्त्र पनि यसको असरबाट अछुतो छैन । हुन त नेपालको अर्थतन्त्रको आकार त्यति ठूलो छैन र नेपाली अर्थतन्त्र बाह्य अर्थतन्त्रसँग सीमित क्षेत्रबाहेक अन्य क्षेत्रमा प्रत्यक्ष जोडिएको समेत छैन । वैदेशिक व्यापारमा निर्यातको हिस्सा नगण्य रहेको नेपाली अर्थतन्त्रलाई कोरोनाको अन्तर्राष्ट्रिय प्रभावबाट सबैभन्दा चिन्ता रेमिट्यान्स आप्रवाहमा पर्ने आकलन गरिएको अवस्था छ । यद्यपि, रेमिट्यान्स आफैंमा दिगो स्रोत होइन भन्नेमा सबै पक्ष सहमत रहेकाले यसबाट तत्कालका लागि केही संकट देखिए पनि दिगो आर्थिक विकासका लागि भने यसले सकारात्मक परिणाम नै ल्याउनसक्छ भन्ने देखिन्छ ।

कोरोनाबाट भएको क्षतिको आकलन

नेपालमा कोरोना भाइरस र यसको नियन्त्रणका लागि भएको लकडाउनबाट कुन क्षेत्रमा कस्तो क्षति भयो भन्नेमा आधिकारिक तहबाट अध्ययन हुन सकेकाे छैन । यसले गर्दा एकीकृत तथ्यांकको अभाव छ । सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकदेखि केन्द्रीय तथ्यांक विभाग, त्रिभुवन विश्वविद्यालयलगायत कुनै पनि संस्थाले कोरोनाबाट अर्थतन्त्रमा भएको क्षतिका सम्बन्धमा स्वतन्त्र अध्ययन गर्न नसक्नुले नेपालमा अध्ययन-अनुसन्धानमा भएको कमी अड्किएकाे ।

यद्यपि, केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७६/७७ मा २.२७ प्रतिशतमात्र आर्थिक वृद्धि हुने अनुमान गरेको छ । जबकि सरकारले यस आवमा ८.५ प्रतिशत वृद्धिको प्रक्षेपण गरेको थियो । यसबाट लक्षित आर्थिक वृद्धिमा ७३ प्रतिशतको क्षति पुगेको आकलन गर्न सकिन्छ । असार मसान्तसम्ममा मुलुकको अर्थतन्त्रको आकार ३७ अर्ब ६३ करोड पुगेको छ ।

कोरोनाका कारण अर्थतन्त्रमा पुगेको क्षतिका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विशेष समिति तथा लगानी, पूर्वाधार र रोजगार समितिसहित आईआईडीएस तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानजस्ता गैरसरकारी संस्थाबाट अध्ययन भएको थियो । यी अध्ययनले कोरोनाबाट भएको क्षति न्यूनीकरणका लागि सरकारले आव २०७७/७८ को बजेटमा समेट्नुपर्ने कार्यक्रमका विषयमा विस्तृत सुझाव दिए पनि कार्यान्वयन भने हुन सकेको पाइँदैन ।

हामी व्यवसायीको अनुभवका आधारमा पनि कोरोनाका कारण सबैभन्दा बढी प्रभाव मुलुकको पर्यटन क्षेत्रमा परेको छ भने यसवाहेक सेवा क्षेत्र, शिक्षा–स्वास्थ्यसहित साना मझौला उद्योग, उत्पादनमूलक र वैदेशिक व्यापार, आन्तरिक व्यापार तथा कृषिमा पनि असर परेको देखिन्छ । यसरी हेर्दा सूचना तथा सञ्चार र दैनिक उपभोग्य अत्यावश्यकीय केही वस्तुबाहेक सबैजसो व्यापार व्यवसाय कोरोनाबाट प्रभावित भएका छन् ।

यसमध्ये केही क्षेत्र लकडाउन खुकुलो भएसँगै तङ्ग्रिन थालिसकेका छन् भने पर्यटन, सेवा लगायतका केही क्षेत्रमा सुधारको सामान्य संकेतसम्म छैन । १० खर्बभन्दा बढी लगानी रहेको पर्यटन क्षेत्र त फेरि कसरी माथि उठ्ला भन्नेमै संशय देखिन्छ ।

पर्यटन, होटेल, रेस्टुरेन्ट तथा यातायातजस्ता सेवा क्षेत्रको वृद्धिदर साउनदेखि चैतसम्मको गतिविधिका कारण दुई प्रतिशत हाराहारीमा हुने अनुमान गरिए पनि चैतपछिको लामो समय यी क्षेत्रले ऋणात्मक वृद्धिदरको सामना गर्नुपर्ने देखिन्छ ।

समाधानको उपाय

नेपालले कोरोना भाइरसविरुद्ध खोपको विकास गर्नसक्ने वा यसको अन्य औषधि पत्ता लगाउनसक्ने अवस्था छैन । अध्ययन अनुसन्धानका क्षेत्रमा हाम्रो न्यून लगानी तथा आवश्यक पूर्वाधार र जनशक्तिको कमीका कारण हामीले यसतर्फ अपेक्षा गर्नु त्यति उपयुक्त नहोला । कोरोना संक्रमणको प्रसार रोक्दै आर्थिक गतिविधिलाई अगाडि बढाउनुमात्र हाम्रो विकल्प हो । विकसित मुलुकले कहिले कोरोनाको औषधि वा भ्याक्सिन पत्ता लगाउलान् भनेर पर्खेर बस्न सकिने अवस्था पनि नभएकाले सकेसम्म संयमित भएर वा सुरक्षित रहेर नै हामीले दैनिक आर्थिक, सामाजिक गतिविधिलाई अगाडि बढाउनु आवश्यक देखिन्छ ।

लकडाउनले हामीलाई दिएको शिक्षा भनेको के हो भने अर्थतन्त्रको गति रोकिनु हुँदैन । तीन महिनाका कठोर लकडाउनले अर्थतन्त्रलाई जरोसम्मै हल्लाइसकेको छ । हाम्रो अर्थतन्त्र आन्तरिक उत्पादनमुखी नभएर परनिर्भर भइसकेको अवस्थामा यस्तो संकटले हामीलाई झस्काएको छ । नेपाली युवा श्रम बिक्रीका लागि विदेशी भूमीमा पसिना बगाउने र तिनीहरुले पठाएको रेमिट्यान्सले पुनः ति मुलुककै महँगा र विलासी उत्पादन खरिद गर्नेदेखि परिवारको पेट पाल्नुपर्नेसम्मका बाध्यताले जेलिएको अर्थतन्त्रलाई अब अर्को बाटोमा अगाडि बढाउनैपर्ने देखिएको छ ।

पर्यटन, जलविद्युत्जस्ता हाम्रा तुलनात्मक लाभका क्षेत्रमा मात्र नभइ कृषिजस्तो आधारभूत आवश्यकताका क्षेत्रबाट पनि नेपालले स्वावलम्बी अर्थतन्त्रसँगै आन्तरिक रोजगारी र निर्यातमुखी व्यवसायसम्म सञ्चालन गर्न सक्ने अवस्था नभएको होइन । यसका लागि तत्कालका लागि आवश्यक भनेको पुँजी र प्रविधि नै हो । प्रविधिका क्षेत्रमा पनि विश्वव्यापी रुपमा भइरहेका आविष्कारलाई नेपाली माटो सुहाउँदो ढंगले प्रयोग गर्ने अथवा स्थानीय स्तरमै रुपान्तरण गर्ने र पुँजीका सन्दर्भमा ठूलो पुँजीभन्दा पनि सहकार्यका माध्यमले कम लागतमा बढी उत्पादकत्व हासिल गर्नसक्ने क्षेत्रमा हाम्रो नीति र कार्यक्रमहरु केन्द्रित हुनुपर्छ । यसका लागि सरकारले गर्ने भनेको नीतिगत सहजीकरणमात्र हो, अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी निजी क्षेत्रकै हो

Related Articles

Back to top button
Close