International

बलिउडमा अर्को शोक : एश्वर्य रायसँगै “सरबजित” मा काम गरेका कलाकार रन्जन सेहगलको निधन

एश्वर्य रायसँगै “सरबजित” मा काम गरेका कलाकार रन्जन सेहगलको निधन भएको छ ।उनको किड्नीलगायत शरिरका बिभिन्न अंगहरुले काम गर्न छाडेपछि उनको निधन भएको हो ।पछिल्लो समय उनी टेलिभिजन कार्यक्रम क्राईम पेट्रोलमा देखिएका थिए ।चन्डिगढमा रहेको आफ्नै घरमा उनको निधन भएको हो ।

कलाकार राजन सेहगल : उनी थिएटर हुदै टेलिभिजन तथा बलिउडमा प्रवेश गरेका थिए । उनले पंजाब युनिभर्सिटी बाट आफ्नो पढाई पुरा गरेका थिए ।उनले सब्की लाड्ली बेबो, भाग्य एण्ड रिश्ता डटकमलगायतका टेलिफिल्ममा काम गरिसकेका छन् ।उनले रिश्तो से बढी प्रथा, तुम देना साथ मेरा, गुस्तक दिल, भावर, जाने क्या होगा राम र कुलदिपमा मुख्य भुमिकामा देखिएका थिए ।

उनले धेरै पंजाबी फिल्महरुमा पनि अभिनय गरिसकेका छन् ।लकडाउनको समयमा बलिउडले धेरै कलाकार गुमाईसकेको छ ।उनको आत्माको चिर शान्तिको कामना गर्दछौं ।यसअघि बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको थियो ।

उनले आफ्नो प्राण आफै त्या-ग गरेका थिए ।सुशान्त सिंह राजपुतको निधनले धेरैलाई दुखी बनाएको छ ।३४ वर्षीय अभिनेता बलिउडमा चम्किरहेका थिए ।उनलाई माया गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको थियो ।

उनको निधन पछि बलिउडमा तहल्का नै मच्चिएको छ ।बलिउडमा नेपोटिजम देखि लिएर उनलाई आफ्नै प्राण त्याग गर्न बाध्य पारियो भन्ने अभिव्यत्तिले सामाजिक संजाल नै तातेको छ ।सुशान्तको सम्झनामा बिहारमा रहेको उनको घरमा फ्यानहरु भेला हुने गरेका छन् ।

Related Articles

Back to top button
Close