International

ऐश्वर्या राय

एजेन्सी । भारतीय फिल्म क्षेत्रका हस्ती अमिताभ बच्चनका परिवारलाई कोरोना पुष्टि भएको छ । अमिताभसंगै उनका छोरा बुहारी र नातिनीमा कोरोना पुष्टि भएको हो । अमिताभलाई कोरोना पुष्टि भएपछि उनको स्वास्थ्यको कामना गर्दै दिइएका सन्देशले सामाजिक सञ्जाल भरिएका छन् ।

आफ्नो स्वास्थ्यमा चासो राख्दै शुभकामना दिनृहरुलाई अमिताभले पनि अस्पतालवाटै भिडियो सन्देश दिएका थिए । उनले भगवानरुपी स्वास्थ्यकर्मीहरु माथि आफ्नो अटुट विश्वास रहेको र कोरोना जितेर घर फर्कने बताएका छन् । अमिताभकी बुहारी ऐश्वर्या भारतीय चर्चित नायिका तथा पूर्व विश्व सुन्दरीसमेत हुन् । ऐश्वर्या राय वच्चनलाई कोरोना पुष्टि भएपछि उनलाई स्वास्थ्य लाभको कामना गर्नेहरु बढेका छन् । यसैबिच ऐश्वर्याका पूर्व प्रेमी बिबेक ओबरायले पनि ऐश्वर्या र उनको परिवारका सदस्यहरुलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले ऐश्वर्या सहित वच्चन परिवारलाई जतिसक्दो छिटो कोरोना निको भएर रिर्पोट नेगेटिभ आओस् भन्दै बिबेकले भगवान्सँग प्राथना समेत गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन् सिनियर वच्चन र जुनियर वच्चनलाई जतिसक्दो छिटो निको होस् ।

अमिताभ र अभिषेकलाई शनिबार राती कोरोना पुष्टी भएको हो बुवा छोरालाई कोरोना पुष्टि भएपछि परिवारका अन्य सदस्यलाई पनि परिक्षण गरिएको थियो । अमिताभलाई तत्काल अस्पताल लगेर उपचार समेत सुरु गरिएको छ । अमिताभको घरका अन्य कर्मचारीको रिर्पोट भने आउन बाँकी रहेको भारतीय मिडियाले जनाएको छ ।

यो अर्को समाचार, बलिउड कलाकारहरुमा कोरोना पुष्टि भएको खबर सार्वजनिक भइरहेका छन् । शनिवार बलिउडका महानायक अमिताथ बच्चनलाई कोरोना पुष्टि भएको थियो । उनी अस्पताल भर्ना गरिएका छन् । उनी अहिले नानापाती अस्पतालमा भर्ना भएका छन् ।

उनले सामाजिक सञ्जालवाट कोरोनावाट बच्ने उपायका बारेमा सुझाव दिइरहन्थे । अहिले उनी आफै कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका हुन् । अमिताभलाई कोरोना पुष्टि भएपछि उनका घरका अन्य सदस्यलाई गरिएको परिक्षणमा उनका छोरा तथा बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पुष्टि भयो । तर श्रीमतीलाई भने कोरोना पुष्टि भएको छैन ।

अस्पताल भर्ना भएका अमिताभले अस्पतालवाटै भावुक सन्देश जारी गरेका छन् । उनले चिकित्सकहरुलाई भगवानको रुप भएको बताएका छन् । उनले आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता देखाएकाहरुलाई धन्यवाद दिएका छन् । उनले अस्पतलाका चिकित्सक र नर्स लगायत स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् उनले यो आफ्ना फ्यानहरुका लागि चिन्तित कुरा भएको भएपनि यो अप्ठेरो अवस्थावाट पार पाउने बताएका छन् ।

उनले स्वास्थ्यकर्मी इश्वरको रुप भएका कारण इश्वरले आफुलाई रक्षा गर्ने बताएका छन् । भारतमा कोरोना संक्रमितको संख्या बढे लगत्तै बलिउड कलाकारहरुमा पनि पुष्टि हुने क्रम बडेको छ । आइतवार फेरी बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका चार जना कोरोनाभाइरस पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएको छन् ।

अनुपमसहित उनकी आमा, भाउजु र भतिजीलाई पनि कोरोना पुष्टि भएको छ । अनुपमले सामाजिक सञ्जाल मार्फत कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । अनुपमले लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजु र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ । म आफैंले पनि परीक्षण गरे र मैले आफ्नो रिपोर्ट पोजेटिभ पाएको छु।

यता, अमिताभलाई कोरोना पुष्टि भएको भोलीपल्टै अर्की अभिनेत्री रेखाको घरमा पनि कोरोना पसेको छ । बलिउड अभिनेत्री रेखाका सुरक्षा गार्डमा कोरोना भाइरस पुष्टि भएको हो सुरक्षा गार्डमा कोरोना भाइरस देखिएपछि मुम्बईस्थित उनको घर सिल भएको छ ।

यसअघि बलिउड कलाकार मध्ये अमिर खान, करण जोहर र जान्वही कपुरको घरेलु कामदारलाई कोरोना संक्रमित भेटिएको थियो । यसअघि बलिउडकी पाश्र्व गायिका कनिका कपुरमा पनि कोरोना पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close