News

राजा त्रिभुवनकी कान्छी छोरी पूर्व अधिराजकुमारी भारतीको निधन

काठमाडौं। राजा त्रिभुवनकी कान्छी छोरी पूर्व अधिराजकुमारी भारती राज्यलक्ष्मीदेवी भंजको आइतबार निधन भएको छ।उनको हिजा ९२ वर्षको उमेरमा ओडिशा राज्यको बरिपाडास्थित आफ्नै निवासमा निधन भएको हो ।

भारती मयुरभंज राज्यकी राजमाता थिइन् । त्यहाँका तत्कालीन राजासँग उनको विवाह भएको थियो । भारतीको १७ फेब्रुअरी सन् १९२८ मा नारायणहिटी राजदरबारमा जन्म भएको थियो। भारतीको निधन भएपछि अब राजा त्रिभुवनका छोराछोरी कोही पनि बाँकी रहेनन् ।

यसअघि ठिक १ महिना अगाडि गएको जेठ २८ मा भारतीकी दिदी, पूर्व अधिराजकुमारी नलिनी राज्यलक्ष्मी देवी सिंहको ९५ वर्षको उमेरमा दिल्लीमा निधन भएको थियो ।

Related Articles

Back to top button
Close