International

बलिउडकी अर्की अभिनेत्रीलाई पनि देखियो कोरोना

काठमाडौ। भारतिय टिभि अभिनेत्री रैचल ह्वाइटलाई कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको बारे उनले सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् ।

दर्जनौ चलचित्रमा अभिनय गरेकी रैचलले आफ्नो ट्वीट अकाउन्ट मार्फत तस्विर शेयर गर्दे स्टाटस लेखेकी छिन् । उनले स्टाटसमा कोरोना संक्रमणको पुष्टि भएपछि होम क्वरेन्टिनमा बसेको जानकारी गराएकी छन् ।

उनले अभिनेत्री कंगना रनोट र इमरान हाशमी मूख्य भूमिकामा रहेको चलचित्र ‘उंमली मा पनि काम गरिसकेकी छिन् ।यतिबेला उनिसंगै बलिउडक धेरै कलाकरहरुमा कोरोना देखिएको छ । अभिताभ बच्च्नदेखि अनुप खेरको परिवारलाई समेत कोरोना पुष्टि भएको छ ।

बलिउड अभिनेता अमिताभ र छोरा अभिषेक कोरोना पोजेटिभ, अस्पताल भर्ना

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ।

बिबिसीका अनुसार उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।

कोरोना भाइरस संक्रमण भएपछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । अमिताभ बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी ट्वीटमार्फत् दिएका छन्।

उनले भनेका छन्, ‘मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ।’

‘कोरोना पोजेटिभ भएर बच्चन राती १० बजे अस्पताल भर्ना भएका हुन्। उनको अवस्था सामान्य छ। उनको विस्तृत स्वास्थ्य अवस्था पत्ता लगाउन आवश्यक परीक्षण जारी छन्,’ भारतीय समाचार माध्यम द हिन्दूसँग कुराकानी गर्दै ती डाक्टरले भनेका छन्।

गत महिना मात्र अमेजन प्राइम भिडियोमा रिलिज भएको गुलाबो सिताबोमा ७७ वर्षीय बच्चनसमेतको अभिनय छ। उनको रोल भएको यो पछिल्लो सिनेमा हो। उनका छोरा अभिषेक बच्चनलाइ पनि कोरोना पोजेटिभ भएको बताइएको छ। सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला।’

Related Articles

Back to top button
Close