News

मोटरसाइकल

मोटरसाइकलले ठ;क्कर दिँदा साइकलमा सबार ताराको ज्यान गयोकन्चनपुर, २९ असार-कृष्णपुर नगरपालिका-५ वनदेवीस्थित सडकमा म.३ प ८९१ नम्बरको मोटरसाइकलले सोमबार बिहान साइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल वतन नखुलेकी तारा बोहराको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी उनको उपचारका लागि पदमा अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दम्पतिको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ – काठमाडौं महानगरपालिका-४ सितापाइलास्थित कान्तिपुर मिलका संचालक मोरङ डाँगीहाट गाविस-८ घर भएका ४५ वर्षीय नातीकाजी सुवेदी र उनकै ४४ वर्षीया श्रीमती सानु सुवेदीको हत्या गरी फरार रहेका सोही मिलमा काम गर्ने सर्लाही पिपरिया गाविस-१ गयरटोल ठेगाना भएका ३४ वर्षीय जेकि भन्ने जय किशोर साहलाई घटनाको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी उक्त मिलका संचालक नातीकाजी र सानु सुबेदीको २०६३ पुस २० गते हत्या गरी फरार रहेका साहलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट आइतबार पक्राउ गरेको हो ।

उक्त मिलका संचालकले साहलाई काम बिगारेकोमा गाली गरेको बिषयलाई लिएर त्यसको बदला लिन नातीकाजी, उनकै श्रीमती र छोरालाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी फरार भएका थिए ।

साथै जय शर्माको नामबाट भारतीय आधारकार्ड लगायतका कागजात बनाई पहिचान समेत बदली भारतको लखनऊमा बस्दै आएका साहलाई अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी पक्राउ गर्न सफल भएको उक्त व्यूरोले जनाएको छ । उक्त घटनामा संलग्न अर्का अभियुक्त प्रताप राना समेतको खोजी भइरहेको उक्त व्यूरोले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-ओएसनेपालबाट

Related Articles

Back to top button
Close