International

विश्व स्वास्थ्य संगठनले दियो चेतवानी

सबै राष्ट्रहरुले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरुको पालना नगरेमा कोरोनाभाइरस महामारीको संकट झनै खराब भएर जान सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।

‘मलाई सोझो भन्न दिनुहोस्, धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन्, भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेबे्रससले जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भनेका छन् ।

‘आधारभूत कुराहरुलाई पालना गरिएन भने, एउटै मात्र कुरा के हो भने यो महामारी जारी रहनेछ, यो झनै खराब, खराब र खराब बन्दै जानेछ । तर यो यस किसिमले हुनुहुँदैन,’ उनले भनेका छन् ।

‘धेरै नै मुलुकहरु गलत दिशातिर अघि बढिरहेका छन् र विश्वव्यापी रुपमा संक्रमितको संख्या १ करोड ३० लाख नजिक पुगिसकेको छ,’ उनले चेतावनी दिँदै भनेका छन् ।

उनले ‘तत्कालै पहिलेको स्थितिमा फर्कन सकिने अवस्था देखानपरिसकेको’ बताउँदै भनेका छन्, ‘तर रोगलाई नियन्त्रण गरेर हामी हाम्रो जीवनलाई अघि बढाउन सकिने बाटाहरु छन्

सबै राष्ट्रहरुले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरुको पालना नगरेमा कोरोनाभाइरस महामारीको संकट झनै खराब भएर जान सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।

‘मलाई सोझो भन्न दिनुहोस्, धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन्, भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेबे्रससले जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भनेका छन् ।

‘आधारभूत कुराहरुलाई पालना गरिएन भने, एउटै मात्र कुरा के हो भने यो महामारी जारी रहनेछ, यो झनै खराब, खराब र खराब बन्दै जानेछ । तर यो यस किसिमले हुनुहुँदैन,’ उनले भनेका छन् ।

धेरै नै मुलुकहरु गलत दिशातिर अघि बढिरहेका छन् र विश्वव्यापी रुपमा संक्रमितको संख्या १ करोड ३० लाख नजिक पुगिसकेको छ,’ उनले चेतावनी दिँदै भनेका छन् ।

उनले ‘तत्कालै पहिलेको स्थितिमा फर्कन सकिने अवस्था देखानपरिसकेको’ बताउँदै भनेका छन्, ‘तर रोगलाई नियन्त्रण गरेर हामी हाम्रो जीवनलाई अघि बढाउन सकिने बाटाहरु छन् ।

Related Articles

Back to top button
Close