Video

भुवनको धम्की साम्राज्ञीलाई कि मेरो गल्ती देखाउ म जेल जान्छु कि माफी माग म सँग (भिडियो हेर्नुहोस)

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकपछि अर्को भिडियो सामाजिक सञ्जालमा प्रदर्शन गर्दै आफ्नो मानहानि गरेको भनाइ भुवन केसीको छ । केसीले साम्राज्ञीविरुद्ध नेपाल चलचित्र कलाकार संघमा हालेको निवेदनका बारेमा अभिनेत्री साम्राज्ञीले

आफ्नो जवाफ दिएकी छन् ।नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले यसै विषयमा भने, ‘अभिनेत्री साम्राज्ञीले कलाकार संघ आएर आफ्नो सफाइ दिनुभएको छ । आफूले सुरुमा कुनै पनि कलाकारको नाम नतोकी भिडियो सार्वजनिक गर्दा नायक भुवन केसीले आफ्नो बारेमा फेसबुकमा लेखेको, त्यसैले आफू बोल्न बाध्य भएको जवाफ साम्राज्ञीको आएको छ ।’

आफ्ना एक वकिलसहित कलाकार संघ पुगेकी साम्राज्ञीले भुवनको निवेदनउपर लिखित नभएर मौखिक जवाफ दिएको पनि अध्यक्ष खड्काले बताएका छन् । खड्काले साम्राज्ञीको जवाफबारे भने, ‘आफूले कुनै पनि भिडियोमा भुवन केसीको नाम नलिएको र यो प्रसंगलाई अब आफूले अगाडि बढाउन

नचाहेरै नयाँ भिडियो बनाउन बन्द गरेको पनि साम्राज्ञीले बताउनुभएको छ ।’अध्यक्ष खड्काका अनुसार अभिनेत्री नम्रता श्रेष्ठको साथमा कलाकार संघको कार्यालय साम्राज्ञी पुगेकी हुन्
आफूलाई केही सिनेकर्मीले राम्रो व्यवहार नगरेको कारण यसरी भिडियोमा सिनेकर्मीविरुद्धको बोल्नुपरेको पनि साम्राज्ञीले बताएकी छन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close