News

कैलाली :बैंकको नक्कली कर्मचारी बनेर ठगीमा संलग्न दुईजना पक्राउ

कैलाली : बैंकको नक्कली कर्मचारी बनेर ठगीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफु बैंकको प्रमुख कर्मचारी भएको बताउदै कमिशन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी प्रयास गरेको आरोपमा प्रहरीले दुईजना प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका -१ का ३२ वर्षिय पदमराज भट्ट र डोटीको आदर्श गाउँपालिका -३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकायालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई डोटीको पिपल्लाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
कैलालीको टीकापुर नगरपालिकाकी ४४ बर्षीया महिलालाई आफुहरु नेपाल बैंक लिमिटेडको अधिकृत भएको भन्दै १० लाख ठगेको आरोप लागेको छ। १० लाख दिएमा साढे तीन करोडको लोन पास गरिदिन्छु भन्दै दुवै जनाले महिलालाई ठगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

प्रहरी उपरिक्षक विष्टले अनुसार ‘पीडित महिला धनगढी उप–महानगरपालिका ५ घर भएकी, बुवाको भूकम्पमा मृत्यु भएको, आफु नेपाल बैँक लिमिटेडको शाखा अधिकृत भएको भन्दै तीन करोड ५० लाखको लोन पास गर्ने आश्वासन दिएर १० लाख ठगेको भेटिएको छ।’

उनीहरुको साथबाट नेपाल बैँक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आई.एम.ईका भौचर समेत बरामद गरिएकाको कैलाली प्रहरी प्रवक्ता बिष्टले बताए। ठगी शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप समेत गरिएको उनले बताए ।

Related Articles

Back to top button
Close