News

पहिरोमा फेरी ३ जना पुरीए, ३ जनाको जिवितै उद्दार

काठमाडौं । स्यागंजामा पहिरोले बगाउदा ३ जना बे’पत्ता भएका छन् । ३ जनाको जिवितै उद्दार गरिएको छ । मंगलबार बिहान पानी बनाउन भनेर गएका ६ जनामध्ये तीन जनाको उद्धार गरिएको र तीन जना अझै बे’पत्ता रहेको स्याङ्जा प्रहरीले जनाएको छ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ खहरे स्थितमा पानि बनाउन भनी गएका स्थानीय पहिरोमा परेको प्रहरीले जनाएको छ । वाटोमा हिड्दैगर्दा माथि वाट आएको पहिरोले पुरेको हो । उनीहरु जाँदै गर्दा माथिबाट पहिरो आएर पुरिएको भन्ने खवर आउनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षकको कमाण्डमा र वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट समेत थप प्रहरी टोली खटिएको थियो।

यस्तै बेलटारीबाट नेपाली सेनाको टोली र वालिङबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा उद्धारका लागि खटिएको जनाइएको छ । कालिगण्डकी गाउँपालिका ४ खहरेका हुमनाथ पाण्डे, ईमान सिंह राना र वीरबहादुर रानालाई जिवितै उद्दार गरिएको हो भने अन्य तिन जना हराइरहेका छन् । घाइते अबस्थामा उद्धार गरीएकाहरुलाई गल्याङमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

सोही पहिरोमा परी प्रेमचन्द्र पाण्डे, जिमानसिंह थापा र टिकाबहादुर थापा हराइरहेका छन्। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।

यो अर्को समाचार पहिरोले खोस्यो खुशी

केही दिनदेखि भीषण वर्षाको खबर सुन्नुभएका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन । उहाँ र श्रीमती ज्योतिमाया पुरानो घरमा सु’त्ने तर्खर गर्दै हुनुहुन्थ्यो ।

पुरानो घरसँगै जोडिएको नयाँ घरमा भने उहाँहरुका दुई छोरा, दुई बुहारी र नातिनी गरी पाँच जना सु’तेका थिए । राति १२ बजे अकस्मात पहिरो झर्दा आनबहादुर र श्रीमती त बाँच्न सफल हुनुभयो तर उहाँहरुका दुई छोरा र दुई बुहारी र नातिनीको भने ज्यान गयो । घटनापछि आनबहादुर सकुशल हुनुहुन्छ भने उहाँकी श्रीमती ज्योतिमायालाई उपचारका लागि पोखरा पठाइएको छ ।

“आनबहादुर र ज्योतिमाया सु’तेको पुरानो घर भत्किए पनि उहाँहरुको ज्यान जोगिएको छ”, ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले भन्नुभयो, “तर सँगै जोडिएको नयाँ घर भने पूरै भत्किएर पाँच जनाको निधन भयो ।” पहिरोले घर पुरिँदा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी पाँच वर्षीया अमिषा, २२ वर्षीय महादेव र निजकी श्रीमती १९ वर्षीया मनिसराको निधन भयो । एकै परिवारका पाँच जनाको पहिरोले पुरिएर निधन भएपछि सिङ्गो गाउँ नै स्त’ब्ध छ । “एकदमै नसोचेको घटना भयो, गाउँ पूरै स्त’ब्ध छ”, उहाँले भन्नुभयो ।

रातिको समयमा घटना घटेकाले स्थानीयवासीले थाहा पाउँदा बिहानको ५ बजेको थियो । लगत्तै प्रहरीलाई खबर पुगेपछि प्रहरी पनि घटनास्थलमा पुगेर पहिरोमा पुरिएकाको उद्धारमा जुटेको थियो । साथै नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो । दिनभरको प्रयासपछि घरमा पुरिएका पाँच जनाको नै शव निकालिएको छ ।

Related Articles

Back to top button
Close