News

आजदेखि काठमाडौंमा टेम्पो पनि चल्न थाल्यो

काठमाडौं,३० असार / काठमाडौँमा हिजो बाट सार्वजनिक यातायातहरु सञ्चालन भएका छन् । केही यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन गर्न नमानिरहेको समयमा केही सार्वजनिक यातायातहरु भने आजबाट चलेका हुन्

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेसंगै यातायात व्यवसायीहरु विभिन्न माग राखिरहेको बेला मयूर र संयुक्त यातायात प्रालि लगायतले सेवा सुरु गरेका हुन् ।

सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछिमात्र यातायात चलेका हुन् ।
मयुर यातायात र सुन्दर यातायातले पुरानै भाडादरमा यात्रु बोक्ने निर्णय गरेर बस सञ्चालन गरेको छ भने आजबाट राजधानीमा ३ पाङ्ग्रे सवारीसाधन टेम्पो पनि सडकमा देखिन थालेको छ ।

Related Articles

Back to top button
Close