International

अमिताभ बच्चनको परिवारमा कोरोना देखिएपछी थालियो यस्तो कदम, को को संग सम्पर्कमा आए ? सबैको गरियो कोरोना परिक्षण

काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चनको परिवारलाई नै कोरोना संक्रमण भएसँगै अहिले कन्ट्रयाक ट्रेसिगंको आधारमा थप ५८ जनाको कोरोना परीक्षण गरिएको छ । परिवारका छोरा बुहारी नातिनसंगै जया बच्चनलाईपनि कोरोना पष्टि भएसँगै उनीहरुको सम्र्पकमा आएकाहरुको पनि परिक्षण गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनिहरुलाई कोरोना संक्रमण देखा परेपछि उनका फ्यानहरु निकै चिन्तामा परेका छन् । उनको स्वास्थका लागि कतिपय मानिसले पुजा गरेको सामाचारहरु आएका छन् । कोरोना संक्रमण पुष्टि भएसँगै अमिताभ बच्चनको नानावती हस्पिटलमा उपचार गराइरहेका छन् । उनको स्वास्थ्यस्थिति स्थिर रहेको बताइएको छ । परिवारका सबै सदस्यको आइसोलेसनमा राखेर उपचार गरिएको छ ।

बलिउड सुन्दरी नायिका मौनी रोयलाई लकडाउनले दुबईमा अलपत्र पार्यो, भारत आउन नपाएपछि लण्डन उडिन् -काठमाडौ, असार ३० । बलिउड चर्चित अभिनेत्री मौनी रोय लकडाउनका कारण दुबईमा फसेकी छिन् । उनले आफु दुबईमा फसेको बारे सामाजिक संजालमा स्टाटस मार्फत जानकारी गराएकी हुन् ।

उनि करिबचार महिनादेखि दुबईमा आफ्नै साथीको घरमा बसेको जानकारी गराएकी छिन् । लकडाउनकै कारण फसेकी मौनी दुबईबाट लण्डन जाँदै गरेको भारतिय मिडियाले जनाएको छ ।

उनि भारतबाट लण्डनमा चलचित्र ब्रह्मस्त्र मा गएकी हुन् । जुन चलचित्र अयान मुखर्जीको चलचित्र रहेको छ । उक्त चलचित्रमा मौनी रोयसंगैरणवीर कपुर र आलिया भट्टको पनि अभिनय रहेको छ । उनि चलचित्रमा प्रवेश गर्नु अगाडि भारतिय टिभि सिरियल क्यूकि सास भि कभि बहु थी’ र ‘नागिन’मा अभिनय गरिसकेकी छिन् ।

Related Articles

Back to top button
Close