News

नेपाल आइडल–३’ साउन दोस्रो साताबाट

काठमाडौं । कोरोना संक्रमणको त्राससँगै स्थगित भएको सांगीतिक रियालिटी सो ‘नेपाल आइडल–३’ साउन पहिलो साताबाट पुनः सुरु हुने भएको छ । ‘नेपाल आइडल–३’ चैत पहिलो साताबाट स्थगित भएको थियो ।

“शो कसरी सुरक्षित सुरु गर्ने विषयमा छलफल चलिरहेको छ,” नेपाल आइडलका निर्देशक सुरेश पौडेल भन्छन्, “कोरोनाको त्रासबाट सुरक्षित रहँदै शो कसरी गर्ने भन्नेबारे छलफल चलिरहेको छ । अगस्त पहिलो साताबाट सुरु हुन्छ ।”

कोरोनाको त्रास बढेसँगै नेपाल आइडलले चैत १० गते प्रतिस्पर्धीलाई आ–आफ्नै घर पुर्याएको थियो ।

नेपाल आइडल–३’ रोकिनुअगाडिको अन्तिम साता उत्कृष्ट १० बाट बाहिरिएका प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गरेका थिए । वाइल्ड कार्ड इन्ट्रीका लागि मेघा श्रेष्ठ, किरण भुजेल, ममता गुरुङ, रचना रिमाल र मिङ्मा लामाले आ–आफ्नो प्रस्तुति दिएका थिए । मुस्कान रानाभाट भने परीक्षाको तयारी भन्दै वाइल्ड कार्ड इन्ट्रीमा सहभागी भएकी छैनन् ।

केभिन ग्लान तामाङ, प्रवीण बेडुवाल, नेसन पुन मगर र सज्जा चौलागाईं भने उत्कृष्ट चारमा प्रवेश गरिसकेका छन् । वाइल्ड कार्ड इन्ट्रीबाट एकजना पुनः प्रवेश गरेपछि पाँच जनाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् । नेपाल आइडल सिजन–३ का विजेताले नगद ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । फर्स्ट रनरअपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट तीनजनाले वर्ल्ड टुरको अवसर पाउनेछन् ।

Related Articles

Back to top button
Close