News

बाटो हिँड्दै गरेकालाई पहिरोले पुर्‍यो, पूर्वगाविस अध्यक्षसहित तीनको मृत्यु

काठमाडौं। पहिरोले पुरिएर स्याङ्जामा पूर्वगाविस अध्यक्षसहित तीनजनाको मृ’त्यु भएको छ । एकजना बे’पत्ता भएका छन् । दुईजनाको जीवितै उद्धार गरिएको छ।

मंगलबार बिहान मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका-४ खहरेका ६५ वर्षीय इमानसिंह राना, ६० वर्षीय जिमानसिंह थापा, ५० वर्षीय टीकाबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

पूर्वगाविस अध्यक्षसमेत रहेका इमानसिंहको उपचारको क्रममा बिर्घा स्वास्थ्य चौकीमा मृ’त्यु भएको र अन्य दुईजना खोजतलास गर्ने क्रममा मृ’त भेटिएको अधिकारीले बताए । पहिरोमा पुरिएका ६० वर्षीय प्रेमचन्द्र पाण्डे अझै बेप’त्ता रहेका छन् ।

पहिरोमा पुरिएका ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर रानाको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारको भइरहेको छ । होमनाथ पाण्डे वडा नम्बर ४ को वडा सदस्यसमेत हुन् । पहिरोमा परी मृ’त्यु हुने, घा’इते र हराएका ६ जना एकै गाउँका हुन्।

धारोमा पानी नआएपछि मंगलबार बिहान ८ बजे पानी बनाउन उनीहरू घरबाट हिँडेका थिए । बाटोमा हिँड्दै गरेका उनीहरूलाई माथिबाट आएको पहिरोले पुरेको डिएसपी अधिकारीले जानकारी दिए।

उनका अनुसार सोही स्थानको खहरे खोलामा बाढी आई खोलाले धार परिवर्तन गर्दा चार घर जोखिममा परेका छन् । स्थानीय वीरबहादुर राना, देवबहादुर थापा, जिमानसिंह थापा र तिलिसरा थापाको परिवार विस्थापित भएको उनले जानकारी दिए।

Related Articles

Back to top button
Close