Video

राजेश हमालको फिल्म हेर्न पैसा चोरेको छु, कत्ति लडेको छु : पल शाह

काठमाडौ । नायक पल शाहले राजेश हमालको विषयमा बोल्दै आफ्नो पूरानो यादहरु स्मरण गर्दै आफूले हमालको लागि पैसा समेत चोरेको घटनाहरु सुनाएका छन् । युटुवसंग कुराकानीको क्रममा पल शाहले भने, “नायक भनेको राजेश हमाल जस्तो हुनुपर्छ जसले हामी जस्तो धेरै युवाहरुलाई चलचित्र हेर्न उत्साह दिनुभएको छ । राजेश हमालको चलचित्र लाग्दा हामी पैसा चोरेर टिकट काटेर हेर्नेगर्थ्यौ । टिकट पाउन मुश्किल हुँदा कत्ति लडेको छु तर अन्त्यमा राजेश हमाललाई पर्दामा हेर्दाको मज्जा बेग्लै हुन्थ्यो । राजेश हमालकै चलचित्र हेरेर मलाई पनि चलचित्रमा हिरो बनुम लाग्थ्यो ।”

महानायक को हो भन्ने विवाद चलिरहँदा पल शाहले राजेश हमाल माथी धेरै प्रश्न गरिरहनु नपर्ने भन्ने तर्क प्रस्तुत गरेका छन् । टाइटल भन्दा पनि राजेश हमालको चलचित्र छेत्रमा दिएको योगदानको कदर गर्नुपर्ने कुरा पलले उल्लेख गरेका छन् आफू जस्तो युवा नायकहरुको प्रेरणाको श्रोत भनेको नै राजेश हमाल भएको समेत प्रष्टाएका छन् ।

लकडाउनका कारण पल शाहको चलचित्र ‘म यस्तो गित गाउँछु २’ को प्रदर्शन रोकिएको छ भने पल शाह अहिले थोरै पारिश्रमिकमा म्युजिक भिडियोहरुमा काम गरिरहेका छन् र यस छेत्रलाई ढल्न नदिन आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छन् । पल शाहले लकडाउन कै क्रममा ३-४ वटा भिडियोहरु गरेका छन् भने केहि भिडियोहरु शुटिङ्ग कै क्रममा समेत छन् ।

Related Articles

Back to top button
Close