News

साउन १ वाट फेरी नयाँ नियम, फरक बैंकको एटिएमवाट पैसा झिक्दा लाग्छ शुल्क

काठमाडौं । कोरोनाका कारण लगाइएको लकडाउनको समयमा दिएको सुविधा साउन १ गतेवाट बैंकले हटाउने भएका छन् । लकडाउनको समयमा आफुले पैसा जम्मा गरेकै बैंक पुग्न समस्या हुने भएकाले जुनसुकै बैंकको एटिएम जुनसुकै बैंकको एटिएमवाट निकाल्दा पैसा नलाग्ने सुविधा दिइएको थियो । तर अब साउन १ गतेवाट त्यो सुविधा हटाइने भएको छ । बैंकले शुल्क लिने नलिने निर्णय आफै गर्ने भएका छन् ।

कोरोना फैलन नदिन सरकारले गरेको लकडाउनको समयमा सर्वसाधारणलाई सुविधा दिन बैंकहरुले यस्तो नियम लागू गरेका थिए । नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटिममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए । तर अब साउन १ देखि सम्बन्धित बैंकले त्यसवारे निर्णय गर्ने भएका छन् । लकडाउनको समयमा अनलाईन ट्रान्सफर गर्दा पनि शुल्न नलाग्ने गरेको थियो ।

तर, अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले बिहीबारदेखि शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीन वटै संस्थाले एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ । ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा लिँदा शुल्क लिएका थिएनन् ।

यो अर्को समाचार, यातायात क्षेत्रको समस्या समाधान गर्न आग्रह
यातायात व्यवसायी र मजदूरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन् । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् ।

व्यवसायी तथा मजदूरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पिपिइको व्यवस्था मिलाउन माग गरेका छन् । यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष, नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष, अखिल नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ ।

भेटमा सभापति देउवाले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि प्रतिपक्षमा रहेर रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । कार्यदलले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि सबै राजनीतिक दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रमसमेत रहेको छ

Related Articles

Back to top button
Close