News

मेलम्चीको सुरुङ फुट्दा पानीले बेपत्ता बनाएका इन्जिनियर र सवारी चालक

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्रको गेट फुटदा पानीको भेलमा बेपत्ता भएका दुईजना बुधबार दिउँसोसम्म पनि फेला परेका छैनन् । मंगलबार दिउँसो पानीले बगाएर इञ्जिनियर सतिस गोइत र सवारी चालक राधाकृष्ण थापा मगरलाई बेपत्ता बनाएको थियो ।
सो घटनामा इञ्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामा घाइते भएका थिए। उनीहरूको हाल अस्पतालमा उपचार भइरहेको छ।

इञ्जिनियरहरू चढेर गएको हाइलक्स गाडी पानीको वहाबले मेलम्ची खोलामा पुर्‍याएकोले इञ्जिनियर र चालक पनि खोलामै बेपत्ता भएको प्रहरीले अनुमान गरेको छ।तस्बिर : हेलो मेलम्ची विकास समितिको फेसबुक पेजबाट

Related Articles

Back to top button
Close