News

अभिनेत्री रेखा

काठमाडौ, असार ३१ । सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएपछि बलिउड अभिनेत्री रेखाको घर सिल गरिएको छ । भारतिय मिडिका अनुसार उनकको घर बाहिर सूचना टाँसेर सो घर सिल गरिएको बताइएको छ ।

घरको मुल गेटमा बसेर सुरक्षा गर्ने गार्डलाई कोरोना संक्रमण पुष्टि भएपछि मुम्बईस्थित बीकेसी अस्पतालमा भर्ना गरिएको हो केहि दिन पहिला बलिउड अभिनेता अमिता बच्नको परिवारमा पनि कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

उनिसंगै निर्माता, निर्देशक करण जौहरको घरमा काम गर्ने सहयोगीमा पनि कोरोना संक्रमणको पुष्टि भएको बताइएको छ त्यस्तै रेखाको सुरक्षा गार्डमा कोरोना देखिएको खबर उनले स्वयम आफैले सामाजिक संजालमा सार्वजनिक गरेकी हुन् । अलिे उनको बीकेसी अस्पतालमा उपचार भइरहेको छ ।

तर अभिनेत्री रेखाले भने कोरोना परिक्षण गर्न नमानेको बताइएको छ । आफु कसैको सम्पर्क नरहेको भन्दै उनले परिक्षण गर्न नमानेको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

Related Articles

Back to top button
Close