News

उपचारमै भयो २० लाख बढि खर्च, रहेनन् कैलालीका एम्बुलेन्स चालक मल्ल

धनगढी : कैलालीका एम्बुलेन्स चालक रमेश मल्लको मृत्यु भएको छ। विगत १० वर्षदेखी अत्तरिया क्षेत्रमा एम्बुलेन्स चलाउँदै आईरहेका चालक मल्लको उपचारका क्रममा मृत्यु भएको हो।

गत असार ७ गते आफ्नै घरको छतबाट लडेर घाईते भएका मल्लको उपचारका क्रममा बुधबार ललीतपुरमा मृत्यु भएको हो।

धनगढी तथा नेपालगञ्जमा उपचार सम्भव नभएपछि उनलाई ललीतपुरमा रहेको मेडिसिटि अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा करिब २० लाख भन्दा बढी खर्च भएपछि रकम अभावले उपचारमा समस्या देखिन थालेको भन्दै स्थानिय युवाहरुले मल्ललाई बचाउन अभियान सञ्चालन गरेका थिए।

सामाजिक कार्यमा अग्रसर रहने मल्लको उपचारका लागि भन्दै स्थानिय युवाहरुले दुई दिनको अवधीमा करिब डेढ लाख रुपैँया संकलन गरी पठाएका थिए।यो समाचार आजको दिनेश खबर मा छापिएको छ

Related Articles

Back to top button
Close