International

बलिउडमा अर्को झड्का, अभिनेता अक्षय कुमारका भाइको निधन

चर्चित भारतीय टेलिश्रृंखलाका ‘कहानी घर घरकी’ मुख्यका मुख्य कलाकार सचिन कुमारको ४२ वर्षको उमेरमा निधन भएको छ।

उनको हृदयघातबाट शुक्रबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनी मुम्बईस्थित ओब्रोय स्प्रिङमा बस्दै आएका थिए।

उनले टेलिश्रृंखला ‘लज्जा’मा पनि अभिनय गरेका थिए। जसमा उनको भूमिका महत्वपूर्ण थियो। फोटोग्राफर रहेका उनि बलिउ अभिनेता अक्षय कुमारका भाइ (कजन) समेत रहेका छन् ।

सचिन फोटोग्राफर पनि हुन्।

अक्षयले पनि उनको निधनमा दुःखी भएको जनाएका छन्।उनले सामाजिक सञ्जालमार्फत पनि श्रद्धाञ्जली अर्पण गरेका छन्।

सन् २००० देखि प्रसारण सुरु भएको ‘कहानी घर घरकी’ नेपाली दर्शकमाँझ पनि चर्चित थियो। जसमा सचिन कुमार निरन्तर ८ वर्ष देखिए। टेलिसिरयल कहानी घर घरकी सन् २००० प्रसारण भएको थियो त्यस सिरियलमा उनि ८ वर्ष सम्म काम गर्दै आएका थिए ।

दाेस्रोपटक पुन प्रकाशित
केटियमदैनिक बाट साभार

Related Articles

Back to top button
Close