Video

ससुरालीमा बस्दै आएका ज्वाइँको रहस्यमय मृत्यु

वारा जिल्लाको निजगढमा बस्ने ३७ वर्षका लालध्वज तामागंको रहस्यमय निधन भयो । उनी ससुरालीमा बस्दै आएका थिए । लालध्वजका परिवारले उनको निधनलाई ह त्या भएको दावी गर्दै घटनाको अनुसन्धान गर्न माग गरेका छन् । उनको शव शरिरमा चोट लागेको र हातखुट्टा पनि भाँ’चिएको अवस्थामा फेला परेको थियो । उनी घरवाट हराएको ८ दिन पछि मृत फेला परेका थिए । परिवारका सदस्यले घटनाको छानविन गर्न माग गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । २०४० सालमा जन्मिएका लालध्वजको श्रीमती र एक छोरी छन् । लालध्वज एक वर्ष अघि विदेशवाट आएका थिए । उनी एक वर्ष यता घरमै बस्दै आएका थिए ।

उनी जतिवेलै खोलामा गएर नुहाउने गर्थे । म’दिरा खाएपनि उनी खोलामै सुतेको अवस्थामा देखिन्थे । त्यसैले उनलाई तत्काल खोजी गरिएन । एक बालिकाले उनलाई खोलातिर गएको देखेकी थिइन् । परिवारका सदस्यले उनी नुहाउन गएका होलान् भन्ने ठाने । श्रीमती लुगा धुन जानका लागि पसलमा बस्न मान्छे आवश्यक परेपछि श्रीमानको खोजि गरिन् । उनीहरुले पसल संचालन गर्दै आएका थिए । तर उनले म नुहाउन जान्छु भन्दै टावेल लिएर गए । श्रीमतीले वाथरुममा नुहाउन लागेहोलान् भनेर वास्ता गरिनन् । तर श्रीमान खोला तिर गएको ठानेर बसिन् । तर साँझ सम्म पनि उनी नफर्कीए पछि मात्र खोजी सुरु भयो ।

उनीहरुले त्यसै दिन देखि रातदिन खोजी सुरु गरे । हराएकै दिन पनि राती १२ वजेसम्म खोजी गरे । तर उनी फेला परेनन् । उनी त्यसरी खोजी गर्दा पनि एक साता सम्म फेला परेका थिएनन् । तर घरवाट हिडेको ९ दिन पछि मात्र उनी मृत फेला परेका थिए । उनी श्रीमती र छोरीसंगं ससुरालीमा बसेका थिए । श्रीमान विदेश भएको बेलामा उनले माइतीकै

सहयोगमा सानो पसल संचालन गरेकी थिइन् । घरमै हुँदा पनि उनी राम्रो सम्बन्ध थिएन । श्रीमतीसंग झ’गडा भइरहन्थ्यो । विवाह गरेर विदेश गएपछि पनि विदेशमा राम्रो कमाई भएन । त्यसैले आफुले कहिल्यै राम्रो माया र सहयोग नपाएको श्रीमतीले बताएकी छन् । गाउँमा श्रीमानले अरुको झ’गडा पनि मिलाउने गरेका थिए । त्यसैले कसैसंग दुस्मनी भएजस्तो पनि नलाग्ने श्रीमतीले बताएकी छन्

Related Articles

Back to top button
Close