International

अमिताभले भने

अमिताभले भने – ‘अपार प्रेमले मेरो एक्लोपनको अँध्यारोबाट मलाई पर राख्यो’

काठमाडौं – पछिल्लो समष्य बलिउडका कलाकारहरुमा कोरोनाभाइरसको संक्रमण देखिन थालेको छ । गत शनिवार बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई कोरोना संक्रमण भयो । भने आइतबार नै ऐश्वर्य राय र उनकी छोरी आराध्यालाई पनि कोरोना देखियो । अहिले अमिताभ मुम्बईको नानावती अस्पतालमा उपचार गराइरहेका छन् ।

गत शनिबारदेखि अस्पताल भर्ना भएका अमिताभ र अभिषेकको अस्पताल बसाइ अझै लम्बिएको भारतिय मिडियाले जनाएका छन् । अमिताभलाई श्वासप्रश्वासमा सामान्य समस्या भएको बताइएको छ । अहिले उनका फ्यानहरुले उनको स्वास्थय लाभको कामना गरिरहेका छन् । भने अमिताभले अस्पतालबाटै आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन् – ‘तपाईंहरूको प्रार्थना र शुभकामनाको मूसलधारे वर्षाले स्नेह रूपी बन्धनको बाँध तोडिदिएको छ। यो अपार प्रेमले मेरो एक्लोपनको अँध्यारोबाट मलाई पर राखेको छ। यी कुरालाई म शब्दमा व्याख्या गर्न सक्दिनँ।

Related Articles

Back to top button
Close