News

कोरोना परीक्षणको नक्कली प्रमाण पत्र दिने अस्पताल सञ्चालक प’क्राउ

साउन, काठमाडौं । बंगलादेशमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नक्कली प्रमाणपत्र दिएको आरोपमा एक अस्पतालका मालिक पक्राउ परेका छन् । बुधबार मोहम्मद सहेद नाम गरेका अस्पतालका मालिक पक्राउ परेका हुन् । उनको अस्पतालले कोरोना भाइरस परीक्षण नै नगरी कोरोना परीक्षणमा नेगेटिभ आएको प्रमाणपत्र दिने गरेको आरोप छ ।

बुधबार बंगलादेशबाट भागेर भारत जान लाग्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली प्रमाण पत्रको काण्डमा अहिलेसम्म एक दर्जनभन्दा धेरै मानिस पक्राउ परिसकेका छन् ।विशेषज्ञहरुले यस किसिमको नक्कली प्रमाण पत्रले करिब १७ करोड जनसंख्या रहेको मुलुकमा कोरोना भाइरसको महामारीको अवस्था भयावह बन्न सक्ने चेतावनी दिएका छन् ।

सहेदको अस्पताललले १० हजार पाँचसयभन्दा बढी कोरोना भाइरस परीक्षण गरिसकेको छ । जसमध्ये चार हजार दुई सय सक्कली र बाँकी नक्कली भएको बताइएको छ । यस किसिमको नक्कली प्रमाणपत्रको कारण विशेषगरी विदेशमा काम गर्न जाने आप्रवासी कामदारहरु प्रभावित बनेको बताइएको छ ।

इटालीले गत साता बंगलादेशबाट आएका मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै बंगलादेशमाथि उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । इटालीमा एक लाखभन्दा धेरै बंगलादेशी नागरिक छन् । इटालीमा भेटिएका केही बंगलादेशी नागरिकले नक्कली प्रमाणपत्र लिएको कारण उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको आरोप लगाइएको छ ।

Related Articles

Back to top button
Close