Video

छोरी तिमि नर्स बन्नु भन्दै बाबु पहरोमा डुबे, यस्तो कसैलाई नपरोस!!

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिरोबाट एकै परिवारका दुई जनाको मृ त्यु भएको छ। अन्य तीन जना बे प त्ता भएका छन्।मृ त्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा छन्। बेप त्ता भएका चौरासी वर्षीया सोमसाङ शेर्पा, ४८ वर्षीया महिला र १२ वर्षीया छिरीङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

मृ त्यु हुनेमा स्थानीयवासी ग्याल्जेन शेर्पाका श्रीमती र छोरी हुन्। उनकी आमा, बहिनी र छोरी बेप त्ता भएका हुन्। ग्याल्जेन भने काठमाडौंमा बस्दै आएकाले बाँच्न सफल भएको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए।पहिराले एक घर र एक विद्यालयमा क्ष ति पुगेको, अन्य १८ घर उच्च जोखिममा रहेको तथा ६० परिवार विस्थापित भएको बताइएको छ। आज

बिहान पानी परिरहेको र ठाउँठाउँका बाटो बिग्रेकाले स्थानीय नारायणस्थानमा रहेको प्रहरीचौकीबाट घ टना स्थल मा तीन घण्टा पैदल यात्रापछि प्रहरी पुगेको थियो।बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी रहेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button
Close