News

राम जन्मेको भारतसँग प्रमाण छैन : “तथ्य ‘लिक’ भएकोमा भारत अचम्मित”

काठमाडौं – अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा दिएको अभिव्यक्तिले नेपालको धार्मिक र सांस्कृतिक क्षेत्रमा नयाँ तरंग ल्याइदिएको छ । यस बिषयलाई लिएर प्रधानमन्त्रीको आलोचना तिब्र भएपनि यसमा खोज अनुसन्धान हुनुपर्ने बताउन थालेका छन् । उनीहरुले रामको जन्मभूमि अयोध्यासँग जोडिएका ऐतिहासिक तथ्य संकलनमा तदारुकता देखाउनुपर्ने बताएसँगै पुरातत्व बिभागले यसको अध्ययन थाल्ने निणर्यले निक्यौलमा पुर्‍याउने आशा र्सस्कृतिबिद्हरुको छ ।

प्रधानमन्त्री ओलीले आइतबार भगवान् राम भारतीय नभएको र असली अयोध्या वीरगञ्जदेखि पश्चिमको गाउँ ठोरीमा पर्ने दाबी गरेका थिए । नेपालका प्रधानमन्त्रीले अयोध्या नेपालमै पर्छ भनेर दाबी गरेपछि सो बिषयमा भारतीय परराष्ट्रले भने अहिलेसम्म ॅप्रेस नोट’ भने जारी गरेको छेैन । धार्मिक क्षेत्रबाट बिरोध आएपनि सरकारका तर्फबाट भने प्रतिक्रिया नआउनुमा बिषय रहस्यमयी भएको बताउँछन ।

भारतीय परराष्ट्रले भने अहिलेसम्म ॅप्रेस नोट’ भने जारी नगर्नुमा भारत आफैले पनि रामको जन्मस्थल हाल बताइएको अयोध्यामा भएको तथ्य फेला पार्नसकेका छैनन् । भारतीय पुरातत्वको अनुसन्धानमा पनि केही तथ्य फेला नपरेको जनाइएको छ । यसलाई भारतले कर्ही कतै नखोली लुकाएर राखेको थियो । र, यो कहाँबाट ॅलिक’ भयो भनेर अहिले भारतीयहरु अचम्मित भएको जनाइएको छ ।

यो तथ्य कुनै तस्रो देशको सूचनाका आधारमा नेपाल आईपुगेको र प्रधानमन्त्री ओली विश्वस्त भएर यो अभिव्यक्ति दिएको र अनुसन्धानमा पनि सफलता पाउनसक्ने आधारहरु रहेको पनि स्रोतले जनाएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यकै आधारमा आएको भन्दै ठोरी र माडीका जनप्रतिनिधिहरूले भगवान रामको जन्म यहीँ भएको भन्ने तर्क गरेका छन । भगवान् राम र सीतासँग जोडिएका धार्मिक तथा ऐतिहासिक महत्वका ठाउँहरू ठोरी र माडीमा रहेको तर्क उनीहरूले अघि सारेका छन् ।

उनीहरू भन्छन, ‘राम-सीतासँग जोडिएका यस क्षेत्रमा महत्वपूणर् स्थलहरू छन् । त्यसैले यस ठाउँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक अध्ययन हुनुपर्छ ।’ ‘राम नेपाली नै हुन् भन्ने धेरै आधारहरू यहाँ छन् । रामको तपोभूमि भएको आधारमा ठोरीमा रामनगर भन्ने ठाउँ पनि छ । रामकै बासस्थान भएकाले रामनगर भनिएको भन्ने किंवदन्ती छ,’ उनले भने, ‘रामनगरको ठुटेखोला पारि सोमेश्वर पहाडको काखमा सीता गुफासमेत छ ।’

‘ठोरीमा सीता गुफा छ । जहाँ वर्षौंदेखि पूजापाठ हुँदै आइरहेको छ । भगवान्हरूले सभा गर्ने डाँडा भएकै कारण त्यसको नजिकै रहेको डाँडालाई भगवाननगर डाँडा राखिएको हुन सक्छ’, ‘बाँदरहरू नुहाउने खोलाको रूपमा ढेँडेखोला, बाँदरहरू झुल्ने स्थानको रूपमा बाँदरझुला पनि हुनुलाई संयोग मात्र मान्न सकिँदैन । त्यसैले पनि यसको खोज तथा अनुसन्धान हुनु आवश्यक छ ।’

Related Articles

Back to top button
Close