News

काठमाडौंबासीका लागि आयो यस्तो खुशीकाे खबर, हेर्नुस्

काठमाडौंबासीले मेलम्चीको पानी कहिले पिउन पाउँछन् ? वर्षौंदेखि यहि एउटै प्रश्न झेल्दै आएका खानेपानी मन्त्रालयका अधिकारीहरुले आइतबार दिउँसो पत्रकार सम्मेलन नै गरेर आयोजना सम्पन्न हुने चरणमा प्रवेश गरेको घोषणा गरे । त्यसअघि आइतबार विहान ९ बजेर ९५ मिनेट मेलम्चीको सुरुङमा पानी भर्न सुरु गरिएको थियो । त्यसलाई सरकारी अधिकारीहरुले आयोजना निर्माणमा ठूलो उपलब्धी भनेका छन्

महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक
सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।

महाशाखाले सोमबार एक सूचना जारी गरी यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैंक खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअनुसारको सामान डेलीभरी नगरी ठगी गर्ने गरेको भन्दै सर्वसाधारणलाई सचेत गराएको हो ।

यस्ता केही व्यक्तिलाई अहिले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिँदै महाशाखाले बजार मूल्यभन्दा कम मूल्यमा सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न भनेको छ । महाशाखाका अनुसार यसरी लोभमा फँस्दा जग्गाजमीनसमेत धितो राखेर प्रलोभनमा परी पैसा दिएको पाइएको छ ।

Related Articles

Back to top button
Close