News

पाँच दिन ठूलो पानी पर्ने, आफन्तकामा पाहुना लागेरै भए पनि ज्यान जोगाउनू’

काठमाडौं । नेपालमा केहि दिन केहि मत्थर भएको मनसुन फेरि सक्रिय बन्न थालेको छ । हिजो (शुक्रबार) रातिदेखि नै देशका अधिकांश भागमा वर्षा भइरहेको छ ।मध्यम तथा भारी वर्षाका कारण साना नदी तथा खोलमा पनि आकस्मिक बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आज

(शनिबार) बिहान ६ बजे दिएको जानकारी अनुसार पछिल्लो ६ घण्टामा ताप्लेजुङ, पाँचथर, धनकुटा, झापा, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ ।
यस्तै धादिङ, मकवानपुर, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, दाङ, कैलाली, कञ्चनपुर, डोटीका केही स्थानमा पनि पानी परिरहेको छ ।खासगरी मध्यभागमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।सिन्धुपाल्चोक , काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, नुवाकोट, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुर, डोटीर डडेल्धुरामा भारी वर्षा भइरहेको छ । अन्य ठाउँमा मध्यम वर्षा भइरहेको छ ।यो वर्षाको क्रम अझै बढ्दै जाने मौसमविदले बताएका छन्

आइतबारदेखि पाँच दिन देशभर निकै ठूलो वर्षा हुने र त्यसले व्यापक रूपमा बाढी र पहिरो निम्त्याउने अनुमान गर्दै विज्ञले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई ज्यान जोगाउन आग्रह गरेका छन् ।राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई आइतबारदेखि ५ दिन भोकै बसेर हुन्छ कि सुरक्षित ठाउँका आफन्तकामा पाहुना लागेरै भए पनि सुरक्षित स्थानमा गई ज्यान जोगाउन सल्लाह दिएका छन् ।

मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त अनुमानअनुसार यो हप्ता देशैभर ठूलै वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप व्यापक हुने देखिएकाले विशेष गरी सोमबारदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।शुक्रबार प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलको अध्यक्षतामा जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, ऊर्जा तथा जलस्रोत विभागसहितले संयुक्त पत्रकार सम्मेलन गर्दै साउन ४ देखि ८ गतेसम्म ठूलो पानी परी बाढी पहिरो जानसक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close