International

कोरोना संक्रमण भएकी ऐश्वर्यालाइ अचानक के भयो ? पुर्याइयो अस्पताल !

काठमाडौं । बलिउड सुपर स्टार अमिताभ बच्चनको बुहारी ऐश्वर्या राय बच्चन र उनको नातिनी आराध्य बच्चनलाई पनि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई ५ दिन अघि कोरोना पुष्टि भएको थियो । अमिताभ बच्चन र उनका छोरा अभिशेषलाई कोरोना पुष्टि भएकै दिन अस्पताल भर्ना गरिएको थियो भने ऐश्वर्या र आराध्या होम क्वारेन्टिनमा बसेका थिए ।

कोरोना पुष्टि भएको ५ दिन पछि ऐश्वर्या र उनको छोरी आराध्यालाई नानावती अस्पतालमा भर्ना गरिएको छ । शनिवार राति नै बलिउड महानायक अमिताभ र अभिषेकलाईइ पनि भर्ना गरिएको थियो । अमिताभले आफ्नो घरका सदस्यलाई कोरोना भएको बारे सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए । उनले ट्वीटर मार्फत कोरोना पुष्टि भएको बारे जानकारी दिएका हुन् ।

अमिताभ र अभिषेकलाई शनिवार नै नानावती अस्पताल भर्ना गरिएको थियो । शनिवार अमिताभको बुवा छोरालाई अस्पताल भर्ना गरिएपछि गरिएको जाँचमा ऐश्वर्या र छोरीलाई कोरोना पुष्टि भएको आइतवार सार्वजनिक भएको थियो । ऐश्वर्या र आराध्यालाई कोरोनाको लक्षण नदेखिएका कारण उनीहरु होम क्वारेन्टिनमा बसेका थिए । भारतीय सञ्चार माध्यमको दावी अनुसार ऐश्वर्या र आराध्यालाई पनि स्वास प्रस्वासमा समस्या हुन थालेपछि अस्पताल भर्ना गरिएको हो ।

अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अमिताभले आफै पनि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइरहेका छन् । उनले ट्वीटर मार्फत आफ्ना प्रशंसकलाई सन्देश समेत दिएका छन् ।

उनले आफ्ना समर्थकलाई निकै भावुक सन्देश लेख्दै भनेका छन्, मलाई सुखमा, अस्वास्थ्यतामा तपाइहरु निकै नजिक हुनुहुन्छ । तपाईहरु हाम्रो शुभचिन्तक हुनुहुन्छ , हामीलाई हाम्रा शुभचिन्तकले संधै प्रेम र स्नेह दिनुभयो, हाम्रो लागि माया र प्राथर्ना गरिरहनुभएको छ । त्यसको लागि म तपाईहरुलाई धन्यवाद दिँदै आभार ब्यक्त गर्न चाहन्छु । मेरो अवस्थाका बारेमा बताउन अस्पतालको प्रोटोकलका कारण मिल्दैन । अमिताभको स्वास्थ्यलाभको कामना गर्दै भारतका विभिन्न स्थानमा पुजा समेत लगाइएको छ । जया बच्चन वाहेक अमिताभका परिवारका सवै सदस्य यतिबेला नानावाती अस्पतालमा भर्ना भएका छन् ।

Related Articles

Back to top button
Close