News

पर्वतमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

पर्वत — पर्वतको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पैयुँ गाउँपालिका–६ का ५२ वर्षीय पुरुष रहेका छन् ।पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई गाउँको क्वारेन्टाइनमा पठाइएको थियो । असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । रिर्पोट नेगेटिभ आएपछि उनलाई विद्यालयको क्वारेन्टाइनमा पठाइएको थियो ।

२४ गते उक्त क्वारेन्टाइनमा पठाइएका उनको बसाइ आइतबार सकिन नपाउदै उनको शुक्रबार राति गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । । श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति उनलाई अस्पताल पुऱ्याइएको थियो । उनको उपचार क्रममा ज्यान गएको बताइएको छ ।

उच्च रक्तचापको नियमित औषधि सेवन गर्दै आएका उनको केही समयदेखि औषधि सकिएको र बीचमा सास फेर्न गाह्रो भयो भनेपछि अकस्मात अस्पताल लगएिको थियो ।कोरोनाको लक्षण नदेखिएको भए पनि उनको दाहसंस्कारमा सहज बनाउन स्वाबको नमुना लिइएको बताइएको छ ।

Related Articles

Back to top button
Close