News

सिद्धार्थ राजमार्गमा भर्खरै दुखद खबर , ट्रकमाथी पहाड खस्यो

सिद्धार्थ राजमार्गमा हिजो साँझदेखि गएको पहिरोले एउटा ट्रक पुरेको छ । चालक र सह चालक भने भागेर बाँच्न सफल भएका छन् ।

तानसेन नगरपालिका वडा नम्वर ८ को गैडेपुल नजिकै माथिबाट गएको पहिरोले लु १ क ११७५ नम्वरको ट्रक पुरेको हो ।

पहिरो पन्छाउन दुबै तर्फबाट डोजर लगाइए पनि दिनैभर सडक अबरुद्ध हुन सक्ने पाल्पाका प्रहरी प्रमुख एसपी दिपक खरेलले बताएका छन् ।

त्यहाँको पहिरोका कारण बाग्लुङ्ग, गुल्मी, स्याङ्गजा , पाल्पा र पोखरातर्फ आवत जावत गर्ने यात्रुवाहक र मालवाहक सवारी साधन ठप्प भएका छन् ।

सरकारले वैदेशिक रोजगारीमा अलपत्र परेका श्रमिकहरुलाई निःशुल्क स्वदेश ल्याउने भएको छ । उनीहरुलाई वैदेशिक रोजगारी कल्याणकारी कोषको रकमबाट ल्याउने निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णहरु सार्वजनिक गर्दै उनले रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपालीको उद्धर सम्बन्धी कार्यविधि तयार पारिएको स्पष्ट पारे ।

उनकाअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर अलपत्र परेका आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट स्वदेश फिर्ति गर्न लागेको हो । श्रम मन्त्रालयले तयार गरेको कार्यविधिमा एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका कामदारहरु फर्काउँदा शतप्रतिशत खर्च कोषको रकमबाट व्यहोरिने व्यवस्था गरिएको छ ।

स्रोत:रिपोर्टर्स नेपाल डटकम

Related Articles

Back to top button
Close