News

देह त्याग गरेका प्रहरी हवल्दारको श्रीमतीले प्रहरी सामु दुई वर्ष देखि मेरो अर्कै प्रेमीसंग सम्बन्ध थियो भनेपछि

धरान । श्रीमतीले धो का दिएपछि देह त्याग गरेका भनिएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाको श्रीमती र उनको प्रेमी विरुद्ध मु द्दा दा यर भएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक प्रहरी हवल्दा खतिवडाले देह त्याग गरेका थिए । प्रहरीले खतिवडाको श्रीमती दीक्षा खतिवडा र उनका प्रेमी भनिएका विशाल तामाङ विरुद्ध मु द्दा दर्ता गरेको हो । परिवारका सदस्यले उनको निधनमा श्रीमतीकै कारण देह त्याग गरेको आ रोप लगाएका थिए । प्रहरीले दुवैजनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानवाट उनीहरु दो षी देखिएपछि मु द्दा दायर गरेको हो ।

हबल्दार खतिवडाले देह त्याग गर्नुको कारण श्रीमती दीक्षा र विशालबीचको अ’वैध सम्बन्ध रहेको प्रहरी अनुसन्धानवाट खुलासा भएको छ। खतिवडाको श्रीमती दिक्षाको उर्लावारी–९ का विशाल संग दुईवर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानवाट खुलेको हो । श्रीमतीको अ’वैध सम्बन्ध थाहा पाएका प्रहरी खतिवडाले त्यसैको पी डा सहन नसकेर देह त्याग गरेको देखिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताएका छन् । उनीहरु बिरुद्ध देह त्याग गर्न बा’ध्य पारिएको सम्बन्धि मु द्दा दर्ता गरेर कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

हवल्दार खतिवडाले गत असार १६ गते राति जिल्ला अदालत सुनसरीको छतमा देह त्याग गरेका थिए । आफैँलाई गो ली हा न्नु अघि ओम प्रकाशले दीक्षालाई पनि फोन गरेको र विशाललाई पनि फोन गरेर मेरो जिन्दगी ब र्बा द पारिस श्रीमतीलाई लगर राम्रोसँग पाल भनेका थिए । श्रीमती दिक्षाको तामाङसँग सम्बन्ध रहेको थाहा पाएपछि ओमप्रकाशले बारम्बार सम्झाएको पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीसंगको बयानमा पनि दुवै जनाले आफुहरुको प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् । उनीहरुबीच शा’रि’रीक सम्बन्ध पनि रहेको प्रहरी सामु स्वीकार गरेको प्रहरीले जनाएका छन् ।

यो अर्को समाचार, कोरोनाभाइरसबाट संक्रमित बनेकी अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् ।

ऐश्वर्याका पति अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै कोभिड १९ को उपचार भइरहेको छ । गत साता अभिनेता बाबुछोरालाई कोरोनाभाइरस भएको थियो । त्यसको भोलिपल्टै ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोभिड १९ भएको छ । अमिताभकी पत्नी जया बच्चनको पनि परीक्षण गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यही हप्ताको सुरुमै अभिषेकले ट्वीट गर्दै ऐश्यर्वा र छोरीलाई पनि कोरोना भएको जानकारी दिएका थिए । अमिताभले भने अस्पतालबाटै सोसल मिडिया मार्फत् आफ्नो सुस्वास्थ्य कामना गरेकोमा प्रशंसक र शुभचिन्तकलाई भन्यवाद दिए ।

Related Articles

Back to top button
Close