News

मौद्रिक नीतिले माग सम्बोधन भयो, अब सार्वजनिक सवारी चलाउँछौँ

काठमाडौं । आफ्ना माग पूरा नभएसम्म सार्वजनिक सवारी नचलाउने भनेर अडान लिएका यातायात व्यवसायीहरु अन्ततः सवारी चलाउने निर्णयमा पुगेका छन् । यातायात व्यवसायीहरु आफ्ना धेरै मागहरु राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले सम्बो्धन गरेको भन्दै सवारी चलाउने निर्णयमा पुगेका हुन् ।

केही दिनभित्रै सार्वजनिक सवारी चलाउने निर्णयमा यातायात व्यवसायीहरु पुगेका हुन् । मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीले अब सार्वजनिक सवारी चलाउन तयारी थालेका हुन् ।

उनीहरुले बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राखेका थिए । मौद्रिक नीतिले माग सम्बोधन गरेपछि अब सार्वजनिक जुटेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार हाम्रा धेरै माग मौद्रिक नीतिमा आइसकेको छ, अब सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय छिटै गर्नेछौँ ।

Related Articles

Back to top button
Close