News

विश्वले थाल्यो चु’म्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा नेपाली संकृतिको ‘नमस्कार

काठमाडौ । के तपाईं आफन्तसँगको भेटघाटमा चु’म्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड–१९ अर्थात् नयाँ कोरोना भा’इरसको स’ङ्क्रमण हुनसक्छ । चीनबाट शुरु भएको उक्त भा’इरस नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् तर स’ङ्क्रमण र त्यसबाट हुने मृ’त्युलाई रोक्न सकिएको छैन ।

अहिले चीनमा स’ङ्क्रमणको दर घ’टेको छ भने युरोप म’हामारीको केन्द्रविन्दु बन्दै गएको छ । हिजो आइतबार जोन्स हप्किन्स विश्वविद्यालय (वाल्टिमोर, अमेरिका) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म १५० देशमा को’रोना भा’इरसको स’ङ्क्रमण फैलिसकेको छ भने एक लाख ५६ हजार ४४५ व्यक्तिमा स’ङ्क्रमण देखिएको छ । हालसम्म पाँच हजार ८३३ व्यक्तिले ज्या’न गु’माइसकेको भए पनि नेपालमा एक व्यक्तिमा बाहेक स’ङ्क्रमण नदेखिएको र स’ङ्क्रमणमा रहेका उक्त व्यक्ति निको भई घर फर्किसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पताल, टेकुले जनाएको छ ।

कोरोना भा’इरसले आफन्त, गरिब, धनी, सानो/ठूलो जात, अग्लो, होचो, स्त्री, पुरुष, हिमाल, पहाड, तराई, गाउँ, शहर, धामीझाँक्री, चिकत्सक, किसान, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी केही भन्दैन । यो रो’गको सङ्क्रमणबाट जोगिन आफन्तसँग शुरुमा भेटघाट वा बिदाइमा गरिने चु’म्बन, अङ्कमाल र हात मिलाउनुको सट्टा दुवै हात जोडेर नमस्कार गर्नु नै उत्तम हुनेछ । यसबाट अभिवादन गर्ने व्यक्ति र स्वीकार गर्ने दुवैको हित हुनेछ ।

सरकारी तथा गै’रसरकारी संस्था तथा स्वास्थ्य विज्ञले मात्र होइन, अमेरिका, भारत र बेलायतका सरकार प्रमुख डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी र बोरिस जोनसनले समेत चु’म्बन, अङ्कमाल र हात मिलाउनुका सट्टा दुई हात जोडेर नमस्कार गर्न शुरु गरिसक्नुभएको छ । नमस्कार एक व्यक्तिले नजिकको आफन्त, साथीभाइ अगाडि उभिएर दुवै हातका आँैला आकाशतर्फ फर्काएर गरिने अभिवादनलाई भनिन्छ । नमस्कार अथवा नमस्ते गर्नु भनेको अभिवादन गर्ने प्रचलित चलन हो । कुनै व्यक्तिसँग शुरुमा मिल्ने वा उहाँसँग बिदाइ हुने समयमा नमस्कार भनेर अभिवादन गर्ने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को सङ्ज्ञा दिएको कोरोना भाइरसको लक्षण शुरुमा ज्व’रो आउने, थकान महसुस हुने, सास फेर्न कठिन हुने वा मांसपेशी दुख्ने देखिन्छ यस्तो अवस्थामा सुरक्षित साथ नजिकको अस्पताल जाने अथवा अस्पताल जान नसकेको अवस्थामा अस्पतालमा जानकारी गराउने भन्ने जानकारी सार्वजनिक गरेको छ ।

नमस्कार संस्कृत शब्द हो । संस्कृतको नमः शब्दबाट लिइएको नमस्कारको अर्थ प्रणाम गर्नु भन्ने हुन्छ । प्रत्येक व्यक्तिभित्र ईश्वरीय तत्व हुन्छ । त्यसलाई आत्मा भनिन्छ । नमस्कार गर्दा एक व्यक्तिको आत्माले अर्को व्यक्तिको आत्मालाई अभिनन्दन वा सम्मान गरेको अर्थमा नमस्कार गरेको भन्ने अर्थ लाग्छ । दुवै हात जोडेर नमस्कार गर्नाले मनमा स्वच्छ भावनाको विकास हुनगई सकारात्मक सोचको विकास हुन्छ ।

Related Articles

Back to top button
Close