News

नेपालमा आज थप ५७ जनामा कोरोना पुष्टि

काठमान्डौ , नेपालमा आज थप ५७ जनामा कोरोना पुष्टि भएको छ ।२४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार ३३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको हो। नेपालमा अब कोरोना संक्रमित

संख्या १७ हजार पाँच सय २ पुगेको डाक्टर गौतमले जानकारी दिए। क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् भने आइसोलेसनमा पाँच हजार ८ सय २५ जना रहेको उनले बताए। कोरोना निको भएर शनिबार एक सय ३ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार छ सय ३७ पुगेको छ।

मन्त्रालयका अनुसार अहिले क्वारेन्टाइनमा २३ हजार दुई सय ७५ रहेको छ। पाँच हजार आठ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। कोरोनाले ज्या’न

गु’माउनेको संख्या भने ४० पुगेको छ। पाँच सय बढी संक्रमित भएका तीन जिल्ला छन् ।मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सय बढी संक्रमित रहेका छन् । त्यसैगरी कोरोना संक्रमण शुन्य हुने जिल्ला भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला हुन् ।

Related Articles

Back to top button
Close