News

छतबाट खसेर ३ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । तारकेश्वर नगरपालिका–२ जरङखु वसन्त कोलोनीमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । गुल्मी घर भएका खिमबहादुर कुमालकी तीन वर्षीया छोरी पार्वती कुमालको सोमबार दिउँसो छतबाट खसेर मृत्यु भएको हो ।

पार्वती खेल्ने क्रममा घरको छतबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close