Entertainment

भगवान शिवको प्रिय महिना साउनमा के गर्ने के नगर्ने ?

भगवान शिवको प्रिय महिना साउनमा के गर्ने के नगर्ने ?
सूर्यदेव कर्कट राशिमा प्रवेश गरेसँगै श्रावण (साउन) महिना आरम्भ हुन्छ । वर्षा ऋतुअन्तर्गत पर्ने श्रावण महिनामा विशेष रुपमा भगवान भोलेनाथको पूजा आराधना र अर्चना गर्ने गरिन्छ

बोल बम यात्रादेखि शिव मन्दिरहरुमा दर्शन गर्नेसम्मका कार्यहरु यस महिनामा विशेष रुपमा सम्पन्न हुने गर्दछन् । त्यसैगरी साउनको सोमबार भगवान शिवजीको आराधनामा ब्रत बस्नु अति उपयुक्त मानिन्छ ।

साथै श्रावण महिनाभर सात्विक आहार विहारका साथ व्रत, उपवास बस्ने प्रचलन रही आएको छ ।

यस महिनामा मांसजन्य पदार्थ, मदिरा, लसुन, प्याजसहितका “तामसी भोजन” पूर्णतया त्याग गरी संयमित रुपमा पारिवारका सबैले सामुहिक रुपमा व्रत गर्ने प्रचलन विशेष रुपमा रही आएको छ ।

जो आफु संयमित रहन सक्छ उसको भलाई हुन्छ हुन्छ नै अरुको पनि भलाई गर्न सक्दछ ।

साथै महिलाहरुले यस महिनामा हरियाे चुरा, हरियाे पाेतेसहित हरियाे नै लुगा लगाउनुका साथै हातमा तिग्रे लगाउने तथा मेहन्दी लगाउने प्रचलन रहेकाे छ ।

लेखक दिवाकर पन्त
त्यसैगरी आफ्ना फुपु तथा दिदी बहिनीहरुलाई मिठा मिठा परिकार पकाएर “साउने टपराे” लैजाने प्रचलन नेपाली समाजमा रहेकाे छ ।

श्रावण महिनाको १ गतेलाई ‘साउने संक्रान्ति’ का रुपमा मनाउने र यस दिन साँझ लुतो फाल्ने प्रचलन नेपालको पहाडी भेगमा विद्यमान रहेको पाइन्छ ।

साउनमा के गर्नु राम्रो मानिन्छ ?

साउनमा खिर खानु उत्तम मानिन्छ ।

त्यसैगरी श्रावण महिनामा रुद्रि लगाउनु उत्तम मानिन्छ । त्यसैगरी रुद्रि जुरेको खण्डमा श्रावण महिनाको सोमबार लगाइने रुद्रि अति उत्तम मानिन्छ । रुद्रि जुन पायो त्यहि दिन भने लगाउनु हुँदैन् ।
तसर्थ २०७७ सालको श्रावण महिनामा निम्न दिनहरुमा रुद्रि जुर्दछ :-

१,२, ७, १०, ११, १२, १६, १७, १८, २०, २३, २४, २५, २८, ३१ र ३२ गते शुभ रहेको छ ।

यसमध्ये पनि १२ गते सोमबार रुद्रि पूजाका लागि अति उत्तम रहेको छ ।

भगवान भोलेनाथको कृपा हजुर र हजुरको परिवारमाथि सदैव रही रहोस् ।

ॐ नमः शिवाय । जय शंकर भोलानाथ ।

ॐ नमः शिवाय

ॐ नमः शिवाय

(ज्याेतिष पन्त दिव्य दृष्टि ज्याेतिष तथा वास्तु सेवा एवं अनुसन्धान केन्द्रका संस्थापक हुन, सम्पर्क 9813637238)

Related Articles

Back to top button
Close