News

कतारबाट आज दुई उडान मार्फत ३०५ जना नेपाली स्वदेश फर्किए

४ साउन, दोहा ।कोरोना भाइरस लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट दोस्राे चरणको पहिलो दुई उडान मार्फत आज ३०५ जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा ३ जना महिलासहित १४९ जना रहेका छन् भने अर्को हिमालय एयरलाइन्सको जहाजमा ५ जना महिलासहित १५६ जना रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिएका छन्

यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये दूतावासले कागजी प्रकृया पुरा गरी अन्तिम संस्कारको लागि नेपाल एयरलाइन्सको उडानमा २ वटा नेपालीको शव पनि स्वदेश पठाइएको सचिव भट्टराईले बताए ।

यस्तै सोमबार हिमालय तथा नेपाल एयरलाइन्सले उडान गर्ने दूतावासले जनाएको छ । स्वदेश फर्कन लागेकालाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Related Articles

Back to top button
Close