News

नेपालमा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या करिब दोब्बरले बढी IP

काठमाडौं – नेपालमा सोमबार थप २ सय ६४ जनाले कोरोनाभाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले थप २ सय ६४ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी गराएका हुन् ।

यससँगै नेपालमा नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ६ हजार ५ सय ४७ जना पुगेको छ । त्यस्तै आज थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ । पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् । जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो ।

समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन् ।

Related Articles

Back to top button
Close