Entertainment

जन्मदिन मनाउने खर्चले दुबईमा अलपत्र चेलीलाई उद्धार गर्दै कुमार कट्टेल ‘जिग्री

काठमाडौं, श्रावण ४ / चर्चित हाँस्यकलाकार कुमार कट्टेल जिग्री आजबाट ३१ वर्षमा लागेका छन् । लोकप्रिय हाँस्य श्रृङखला मेरी बास्सैबाट अभिनय यात्रा सुरु गरेका जिग्री भद्रगोल, सक्किगोनीसम्म आइपुग्दा उनले नाम र दाम दुवै कमाउन सफल भएका छन् ।

विसं २०४६ सालमा सोलुखुम्बुमा जन्मिएका कट्टेललाई जन्मदिनको अवसरमा सामाजिक संजाल र आफन्त तथा शुभचिन्तकहरुले शुभकामना ब्यक्त गरिरहेका छन् ।

हाँस्यकलाकार हुँदै लेखक तथा निर्देशकसम्मको भूमिका निर्वाह गरिरहेका जिग्रीले आफ्नो जन्मदिन मनाउने खर्चले दुबईमा अलपत्र परेकी झापाकी चेलीलाई उद्धार गर्ने फेसबुक मार्फत जानकारी दिएको छ ।

आज मेरो जन्मदिन
बाचुन्जेल हासी खुसी रमाउन सकु ..
रमाउनकै लागि अनेक बाहाना बनाउन सकु

संसार कोरोनाको कहर बाट गुज्री रहेको बेला सम्पुर्ण मानब जगत नै अत्यन्तै कष्टकर समय बाट बिति रहेको छ ! नेपाल बाट बिभिन्न देशमा जानु भयका थुप्रै नेपालीहरु लकडाउनको कारण दुःख , अभाव र पिडामा हुनुहुन्छ ! कतिपय नेपालि घर फर्कन समेत न सक्ने अवस्थामा हुनुहुन्छ, यहि पिडा लाइ महशुश गर्दै झापा घर भयकि एक जना नेपाली चेलि दलाल मार्फत भारतको बाटो हुदै दुबइ पुगेर अलपत्र र अत्यन्तै पिडामा रहनु भयको कुरा आदरणीय दाइ प्रकाश पौडेलको फेसबुक पोस्ट मार्फत अवगत भयो !

मैले मेरो जन्मदिन खुशियालि साथ मनाउनुको सट्टा उक्त दुखमा रहनु भयकि नेपाली चेलिलाइ दुबइ बाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु !

यो विशम परिस्थितिमा दुःख र अभावमा रहेका नेपालिहरुको पिडामा आफुले सकेको सहयोग गरौ ! जय देश

Related Articles

Back to top button
Close