News

बिहे गरेको केही वर्षमै चर्चित नायिका उषा पौडेल र नायक सुधांशु जोशी भए अलग

नायिका उषा पौडेल र नायक सुधांशु जोशी अलग भएका छन् ३ बर्ष अगाडि बिहे गरेको यो जोडीको अन्नतत अलग भएको हो ।यो जोडी ६ महिनादेखि अलग–अलग बस्दै आएको बताइएको छ ।अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । पहिलो बिबाह असफल भएपछि सुधांशु ८ बर्षदेखि एक्लो जीवन विताइरहेका थिए

उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि यहि विषयले उनीहरुलाई सम्बन्ध बिच्छेद सम्म ल्याएको बताइएको छ ।आज नायिका उषा पौडेलको जन्मदिन भएपनि उनले शुभकामना दिएका छैनन् ।

भारतमा सिररियलमा काम गदाए गर्दै अमेरिका हानिएकी उषा अमेरिका पुगेपछि सुधांशुविच प्रेममा रहेकी थिइन्। त्यसपछि प्रेममा रहेको केही समयपछि उनीहरुले बिहे गरेका थिए ।

Related Articles

Back to top button
Close